काठमाडौं: नेपाली बजारमा पाकेको केराको खुद्रा बिक्री मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । कालीमाटी तराकारी तथा फलफूल बजार विकास समितिकाअनुसार केही दिनयता प्रतिदर्जन पाकेको केराको थोक मूल्य १६० रुपैयाँसम्म पुगेको छ ।
खुद्रा बजारमा दर्जनमै करिब २०० रुपैयाँ नजिक पुग्न थालेको छ । केराको मूल्य सम्भवतः हालसम्मकै उच्च भएको बजार विकास समितिका सूचना अधिकारी बिनय श्रेष्ठ बताउँछन् ।
थोकमै १६० रुपैयाँ पर्ने प्रतिदर्जन केराको मूल्य खुद्रामा भने अझै बढी हुने श्रेष्ठको भनाइ छ । पछिल्लो दुई सातादेखि केराको मूल्य बढी रहेको उनले बताए ।
चैत दोस्रो सातासम्म प्रतिकिलो १२० रुपैयाँ दर्जन रहेको केराको मूल्य वैशाख २ गते १५० देखि १६० रुपैयाँ थोकमा मूल्य कायम भएको छ । यसअघि प्रतिगोटा १० रुपैयाँ पर्ने केराको मूल्य अब कोसामा साढे तीन रुपैयाँसम्म बढेको विकास समितिले जनाएको छ ।
नेपाल फलफूल थोक व्यवसायी संघ कुलेश्वरका अनुसार केराको मूल्य अझै महँगो हुनेछ । केरामा नेपाल भारतमा पर्ण जस्तै निर्भर रहेको र भारतको आयात रोकिंदा नेपालमा मूल्य बढेको संघका महासचिव विनोद पाण्डेले बताए ।
‘भारतको भुसाल, आन्द्र प्रदेश र उत्तर प्रदेशबाट नेपालमा केरा एलसीबाट मात्रै आउने गरेको थियो,’ पाण्डेले भने ‘त्यो केरा आयात अब रोकिएको छ ।’
करिब डेढ महिना केरा आयातलाई १०० प्रशित नगद मार्जिनको व्यवस्था गरिए पनि चैत २१पछि भने एलसी नै रोकिएको उनले बताए । बजारमा अहिले बिक्रीमा रहेको केरा यसअघिकै एलसीबाट आएको हुनाले अब नयाँ आयात रोकिंदा मूल्य मात्रै नभई बजारमा केराको अभाव समेत हुने पाण्डेले बताए ।
राष्ट्रिय फलफूल विकास केन्द्रकाअनुसार आव २०७६/०७७ सम्म नेपालमा वार्षिक १६ हजार ६१५ हेक्टर क्षेत्रफलमा २ लाख ७८ हजार ८९० मेट्रिकटन केरा उत्पादन हुन्छ ।
व्यसायीहरुकाअनुसार यो उत्पादनले बजारको कुल मागको २ महिनालाई मात्रै धान्छ । चालु आर्थिक वर्षको ८ महिनामा नेपालले भारतबाट १ अर्ब १६ करोड १८ लाख ८० हजार रुपैयाँ बराबरको ३८ करोड ३३ लाख किलो केरा आयात भएको थियो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…