स्याङ्जा समाज नागोयाले स्मारिका विमोचन संगै नयाँ वर्ष मनायो ।

जापान, नागोया । नयाँ वर्षको अवशरमा स्याङ्जा समाज नागोयाले शुभकामना आदान- प्रदान संगै स्मारिका विमोचन कार्यक्रम सम्पन्न गरेको छ। नयाँ वर्षको दिन सुक्रवार नागोयामा आयोजित कार्यकममा वक्ताहरुले स्याङ्जा समाज, नागोयाले प्रकाशन गरेको “प्रवाशी नेपाली” स्मारिका देश अनि प्रवाशमा भएका नेपाली लाई जोड्ने माध्यम बनेको भन्दै स्याड्जा समाजको सामाजिक गतिविधीको प्रशंसा गरेका थिए। उनिहरुले स्मारिकामा हरेक क्षेत्रका लेख , रचना समेटिएको भन्दैं यो सबैले पठनिय रहेको बताए । पुरै पेज रंगिन रहेको उक्त पुस्तक ९४ पेजको रहेको छ।

कार्यक्रममा प्रमुख अतिथि एनआरएनएका उपाध्यक्ष गोविन्द्र श्रेष्ठ, एनआरएनए आईसिसि सदस्य दिपक कार्की, एनआरएनए जापानका पूर्व सचिव एवं साहित्यकार विष्णुप्रसाद घिमिरे,नेसाजका अध्यक्ष अजय राना, दर्शन समाज जापानका संस्थापक अध्यक्ष एवं वर्तमान संरक्षक सुरज मल्ल, जनजाति महासंघ नागोयाका संरक्षक गंगा घर्तिमगर, गल्कोट समाज जापानका अध्यक्ष यम खत्री, व्यवशामी डिलाराम खरेल , स्याङ्जा समाज जापानका अध्यक्ष ध्रुव ज्ञवाली लगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन स्याङ्जा समाज नागोयाका सचिव विरेन गुरुङ्गले गरेका थिए भने महासचिव मनोज ढुङ्गनाले आगन्तुकलाई स्वागत मन्तव्य राखेका थिए। कार्यक्रम स्याङ्जा समाज नागोयाका अध्यक्ष एवं सञ्चारकर्मि निशान रानाको अध्यक्षतामा सम्पन्न भएको थियो। निकट भविश्यमा नै स्याङ्जा समाज नागोया आयोजक एवं अन्य संघ – संस्थाको सहआयोजनामा नागोयामा संघ संस्थाहरुको नेतृत्व विकास तालिमको आयोजना गरिने सञ्चारकर्मि समेत रहेका रानाले बताए।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago