सिन्दुरे जात्राको रौनक सुरु

नुवाकोट: कोरोना सङ्क्रमणको जोखिमका कारण लगातार दुई वर्ष प्रभावित बनेको नुवाकोटको सिन्दुरे (भैरवी वर्ष बन्धन) जात्रा यो वर्ष मनाउन सुरु गरिएको छ । नुवाकोटमा सबैभन्दा ठूलो पर्वका रुपमा मनाइने यो जात्राको विशेष रौनक र पूजाविधि अघि बढेको नुवाकोट दरबार मौला अमालका द्वारे महेन्द्रकुमार शाहीले जानकारी दिए ।

उनका अनुसार जीवित भगवान्को उपनामले परिचित भैरवीदेवी मन्दिरका पूजारी एवं धामी हरिमानसिंह डङ्गोल र उनको जीवन सङ्गिनी धमिनीलाई पुज्ने र मुलुकमा आगामी वर्षमा के हुन्छ भनेर गोप्य भविष्यवाणी गरेर राष्ट्राध्यक्षसमक्ष जाहेर गर्ने धार्मिक तथा सांस्कृतिक परम्पराका रुपमा मनाइने सिन्दुरे जात्रा–२०७८ को पूजाविधि आजदेखि सुरु भएको हो ।

फागुपूर्णिमाको दिन बाह्र भाइले भैरवीदेवीको मन्दिरबाट जल ग्रहण गरी शुद्ध भएर सुरु भएको भैरवी वर्षबन्धन–२०७८ को विभिन्न पूजाविधि वैशाख १ गतेदेखि विशेष रौनकका साथ सुरु गरिएको हो । द्वारे शाहीका अनुसार यो वर्षको जात्रा जालपादेवी मन्दिर देवीघाटमा वैशाख १ गते (आज) नुवाकोटका धामी हरिमानसिंह डङ्गोल निमन्त्रणाका लागि पुगेका छन् । उनी आजै भैरवीदेवी मन्दिर फर्कनेछन् ।

वैशाख २ गते बूढी देवताको स्थानमा लिङ्गो उठाएपश्चात् सोही दिनराति भैरवीदेवी मन्दिर परिसरको लिङ्गो उठाइने गरिएको छ । वैशाख ३ गते भैरवी देवीको मुकुटलाई रथमा राखेर सूर्यगढी गाँउपालिका–१ का लच्याङ निवासी गुठीयारले देवीघाटस्थित दिदी जालपादेवी मन्दिरमा रथयात्रा पुर्‍याउने र सोही राति धामी र धमिनीसहित गणेश, कुमार, गुभाजु, बाह्रभाइखलकलगायत सम्मिलित भएर देवीघाट पुग्ने कार्यक्रम छ ।

चैतशुक्ल पूर्णिमाको राति पर्ने उक्त दिन जालपादेवी मन्दिरमा धामीले भोगबली राँगा, बोका, हाँस, कुखुरासहित माछाकोसमेत भोग खाएपछि देवता चढेको विश्वास गरिएको धामीबाट ‘पूर्णिमाको राति लालमोहरको आशय’मा आगामी वर्ष नेपालको भविष्यवाणी हुने गर्छ । देवीघाट पुर्‍याइएको भैरवीको रथ र धामी यही वैशाख ४ गते जालपादेवी मन्दिरबाट फर्केर धरमपानीमा पुगेर बाँस बस्ने र वैशाख ५ गते भैरवी रथयात्रा आफ्नै आसनमा पु¥याइ राजप्रतिनिधि शाहीबाट धामी र धमिनीलाई सिन्दुर छर्केसँगै हर्ष र उल्लासका साथ सिन्दुरे जात्रा मनाइन्छ ।

नुवाकोट मण्डलामा रहेको भैरवीदेवी मन्दिर बहिनी र र देवीघाटमा रहेको जालपादेवी मन्दिर दिदीबीचको एकताका रुपमा समेत मनाइने गरिएको यस जात्राको विशेष रौनक यो वर्ष वैशाख १ गतेदेखि सुरु भई ५ गतेसम्म चल्नेछ । शाहीका अनुसार देशका विभिन्न स्थानमा रहेका बाह्रमध्ये नुवाकोटको धामी डङ्गोल सबैभन्दा ज्येष्ठ (८३ वर्षको) छन् । रासस

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago