पशुपति पाण्डेको उम्मेदवारीले छत्रदेव तरंगित

अर्घाखाँची: छत्रदेव गाउँपालिका नेपाली काँग्रेसको आधार केन्द्र हो । यो पालिकामा गत स्थानीय तहको निर्वाचनमा अपवाद बाहेक अधिकाँश पदमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका थिए ।

पालिका प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसबाट क्रमश लेखनाथ पोख्रेल र तुल्सादेवी श्रेष्ठ सहित दुई तिहाई भन्दा बढी स्थानमा नेपाली काँग्रेस एक्लै विजयी भएको थियो ।

तर यो पटक परिस्थिती बदलिएको छ । नेपाली काँग्रेसले आफ्नो पेवा ठान्ने र नेकपा एमालेले आफुले सुधार गरेको दावी गर्ने छत्रदेवमा एक युवा चर्चामा छन्। गाउँमै कृषि व्यवसायबाट बर्षको आधा करोडको हाराहारीमा कारोबार गर्ने नमूना उद्यमी युवा पशुपति पाण्डेको उम्मेदवारीले छत्रदेव तरंगित भएको छ ।

प्रत्येक घरमा दैनिक कम्तिमा ५ सय देखी १ हजार सम्म आम्दानीको सुनिश्चित गर्नेदेखि नि:शुल्क अनि गुणस्तरीय शिक्षा स्वास्थ्यको नारा सहित उम्मेदवारी घोषणा गरेका पाण्डेको उम्मेदवारीले प्रमखु राजनीतिक दललाई चुनौति दिएको छ ।

एक जना मतदाताले नाम प्रकाशन नगर्न शर्तमा “आफ्नो पार्टी त्याग्न सक्दिन तर एकजना भाइले उम्मेदवारी घोषणा गर्नुभएको छ रे यो पटकको चुनावमा उहाँलाई हेर्ने परिवारमा सल्लाह भएको छ ।”

विवेकशील साझा पार्टी अर्घाखाँचीका संयोजक समेत रहेका पाण्डेका आक्रामक नाराहरुका कारण उनले यसपटक कांग्रेस र एमालेलाई चुनौती दिने भएका छन् ।

यता जीवनमा पहिलोपटक चुनावी मैदानमा उत्रीएका पाण्डे आफू निर्वाचित हुनेमा ढुक्क छन् । “हो मसित जनआधार छैन, टोलटोलमा संगठन छैन” पाण्डेले भने “तर योपटक छत्रदेव बासीको विवेक नै मेरो जितको आधार हो । गाउँगाउँमा मेरो पक्षमा नारा जुलुस नहोलान तर घरघरबाट साथ पाउनेमा ढुक्क छु ।”

“प्रत्येक घरमा नियमित आम्दानी कम्तिमा दैनिक ५००–१०००, मासिक १५ – २५००० कसरी पुर्याउन सकिन्छ भन्ने कुरा म स्वयं गाउँमै कृषि उद्यमि भएकोले राम्रो सङ्ग थाहा छ । म आफै कुनै पनि राज्यसत्तामा छैन र पनि गाउँको उत्पादन बुटवल, पोखरा र काठमाडौ पुर्याइरहेको छु भने अब यहि दसै देखि बिदेशमा पनि निर्यात गर्ने योजनामा छु । तसर्थ म ४८०० घरमै नियमित आम्दानीको शुनिस्चित गर्नेछु ।” पाण्डेले भने

प्रत्येक विद्यालयमा टाढाका विद्यार्थीलाई यातायात सुविधा सहित गुणस्तरीय शिक्षाको सुनिश्चितता आफ्नो प्रमुख प्राथमिकता रहने पाण्डेले बताए । “गुणस्तरमा अत्यन्तै कमजोर भएको विद्यालयमा प्रयाप्त श्रोतसाधन नहुदा पनि आफै प्राईभेट शिक्षकलाई तलब दिएर, आफू स्वयं विद्यार्थीलाई पढाएर गुणस्तर ल्याउन सफल भएकोले म ढुक्क छु सबै विद्यालयलाई प्राइभेट भन्दा राम्रो गुणस्तरीय शिक्षा दिएर टाढाका विद्यार्थीलाई यातायात सुबिधाको समेत सुनिस्चितता दिनेछु” पाण्डेले भने ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago