चुनाव सार्ने षडयन्त्र गरे प्रतिवाद हुन्छ : पूर्वमन्त्री गुरुङ

काठमाडौं: पूर्व संचार एवं सूचना प्रविधि मन्त्री पार्वत गुरुङले ५ दलीय गठबन्धन सरकारले स्थानीय तहकाे चुनाव सार्ने षडयन्त्र गरे अब जनताले प्रतिवाद गर्ने बताएका छन्। विश्व खबरको पाँचौं वार्षिक उत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वमन्त्री गुरुङले स्थानीय चुनाव निर्धारित मितिभन्दा एक दिन पनि तलमाथि गरे गठबन्धन दलले ठूलो मूल्य चुकाउनु पर्ने बताएका हुन् ।

सरकारले स्थानीय तहको चुनाव विधि र पद्धतिभन्दा पनि सत्ता र शक्तिको दुरुपयोग गरेर कसरी जित्ने भनेर मात्र ध्यानकेन्द्रित गरेको उनले आरोप लगाए। पछिल्लो समय गठबन्धन सरकारको नालायकताको नमूना नै देशमा बढ्दो आर्थिक संकट भएको उनको आरोप छ।

५ दलीय गठबन्धनले एमालेलाई हराउन जति मोर्चाबन्दी गरेपनि सचेत नेपाली जनताले ओली नेतृत्व सरकारले गरेको कामको मूल्याङ्कन गरेको र त्यसको नतिजा राम्रै आउने उनले दावी गरे ।

‘परमादेशको सरकार, पहिला जनतालाई मूल्यवृद्धिले आकाश छोएको छ । धेरै नेपाली जनताको घरमा चुलो बल्न नसक्ने अवस्था छ। त्यसको ध्यान दिउँ नियुक्तिको भागबन्डा त्यसपछि गर्नु,’ उनले भने ।

भरत दुलाल र सीता अधिकारी उत्कृष्ट जनप्रतिनिधिबाट सम्मानित

विश्व खबर मिडिया प्रालिले आफ्नो ५ औं वार्षिक उत्सवको अवसरमा उत्कृष्ट जनप्रतिनिधिलाई सम्मान गरेको छ। शैलुङ गाउँपालिका दोलखाका अध्यक्ष भरत दुलाल र कालिका गाउँपालिका, रसुवाकी अध्यक्ष सीताकुमारी (पौडेल) अधिकारीलाई सम्मान गरेको हो ।

विकास, समृद्धि र सुशासनका क्षेत्रमा चालेका कदम अन्य पालिकाहरुका लागि पनि अनुकरणीय रहेको छ। पहिलो स्थानीय सरकारको सफल नेतृत्वको गरेको भन्दै विश्व खवरले सम्मान गरेको हो।

शैलुङ गाउँपालिका र कालिका गाउँपालिका बागमति प्रदेश सरकार र संघ सरकारबाट समेत सम्मानित भएका थिए ।

विश्व खबरको ५ औं वार्षिकउत्सवको अवसरमा लामो समयदेखि सञ्चार कर्ममा क्रियाशील रहेको भन्दै टक्सार म्यागेजिनका प्रधानसम्पादक गजेन्द्र बुढाथोकी, नेपाल टेलिभिजनका अनलाइन सम्पादक शेखर अधिकारी र सञ्चारकर्मी एवं समाजसेवी नीता राउत सम्मानित भएका छन् ।

समृद्धि सपना विमोचनमा
त्यस अवसरमा विश्व खबरले प्रकाशन गरेको ‘समृद्धि सपना’ पूर्वसंचार एवं सूचना प्रविधि मन्त्री पार्वत गुरुङले विमोचन गरेका हुन्। पुस्तकमा स्थानीय सरकारको समीक्षा लगायतका सामाग्रीहरु समावेश छन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago