चुनाव सार्ने षडयन्त्र गरे प्रतिवाद हुन्छ : पूर्वमन्त्री गुरुङ

काठमाडौं: पूर्व संचार एवं सूचना प्रविधि मन्त्री पार्वत गुरुङले ५ दलीय गठबन्धन सरकारले स्थानीय तहकाे चुनाव सार्ने षडयन्त्र गरे अब जनताले प्रतिवाद गर्ने बताएका छन्। विश्व खबरको पाँचौं वार्षिक उत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वमन्त्री गुरुङले स्थानीय चुनाव निर्धारित मितिभन्दा एक दिन पनि तलमाथि गरे गठबन्धन दलले ठूलो मूल्य चुकाउनु पर्ने बताएका हुन् ।

सरकारले स्थानीय तहको चुनाव विधि र पद्धतिभन्दा पनि सत्ता र शक्तिको दुरुपयोग गरेर कसरी जित्ने भनेर मात्र ध्यानकेन्द्रित गरेको उनले आरोप लगाए। पछिल्लो समय गठबन्धन सरकारको नालायकताको नमूना नै देशमा बढ्दो आर्थिक संकट भएको उनको आरोप छ।

५ दलीय गठबन्धनले एमालेलाई हराउन जति मोर्चाबन्दी गरेपनि सचेत नेपाली जनताले ओली नेतृत्व सरकारले गरेको कामको मूल्याङ्कन गरेको र त्यसको नतिजा राम्रै आउने उनले दावी गरे ।

‘परमादेशको सरकार, पहिला जनतालाई मूल्यवृद्धिले आकाश छोएको छ । धेरै नेपाली जनताको घरमा चुलो बल्न नसक्ने अवस्था छ। त्यसको ध्यान दिउँ नियुक्तिको भागबन्डा त्यसपछि गर्नु,’ उनले भने ।

भरत दुलाल र सीता अधिकारी उत्कृष्ट जनप्रतिनिधिबाट सम्मानित

विश्व खबर मिडिया प्रालिले आफ्नो ५ औं वार्षिक उत्सवको अवसरमा उत्कृष्ट जनप्रतिनिधिलाई सम्मान गरेको छ। शैलुङ गाउँपालिका दोलखाका अध्यक्ष भरत दुलाल र कालिका गाउँपालिका, रसुवाकी अध्यक्ष सीताकुमारी (पौडेल) अधिकारीलाई सम्मान गरेको हो ।

विकास, समृद्धि र सुशासनका क्षेत्रमा चालेका कदम अन्य पालिकाहरुका लागि पनि अनुकरणीय रहेको छ। पहिलो स्थानीय सरकारको सफल नेतृत्वको गरेको भन्दै विश्व खवरले सम्मान गरेको हो।

शैलुङ गाउँपालिका र कालिका गाउँपालिका बागमति प्रदेश सरकार र संघ सरकारबाट समेत सम्मानित भएका थिए ।

विश्व खबरको ५ औं वार्षिकउत्सवको अवसरमा लामो समयदेखि सञ्चार कर्ममा क्रियाशील रहेको भन्दै टक्सार म्यागेजिनका प्रधानसम्पादक गजेन्द्र बुढाथोकी, नेपाल टेलिभिजनका अनलाइन सम्पादक शेखर अधिकारी र सञ्चारकर्मी एवं समाजसेवी नीता राउत सम्मानित भएका छन् ।

समृद्धि सपना विमोचनमा
त्यस अवसरमा विश्व खबरले प्रकाशन गरेको ‘समृद्धि सपना’ पूर्वसंचार एवं सूचना प्रविधि मन्त्री पार्वत गुरुङले विमोचन गरेका हुन्। पुस्तकमा स्थानीय सरकारको समीक्षा लगायतका सामाग्रीहरु समावेश छन् ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago