प्रदेश सरकारको नारा र व्यवहार फरक रहेको भन्दै कटाक्ष

काठमाडौं: एमाले अध्यक्ष केपी ओलीले मधेश प्रदेश सरकारको नारा र व्यवहार फरक रहेको भन्दै कटाक्ष गरेका छन् ।

भक्तपुरको रोयल थाई इभेन्ट राधे राधेमा एमाले पर्सा–काठमाडौं सम्पर्क मञ्चले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले मधेश प्रदेश सरकारको नारामा ‘बेटी बढाउ, बेटी बचाउ’ रहे पनि व्यवहार साइकल पचाउ रहेको आरोप लगाएका हुन्।

‘नारा लगाउँदा ‘बेटी बढाउ, बेटी बचाउ’ भन्ने । व्यवहारमा साइकल पचाउ काम । तपाइँहरुको प्रदेश २ को आकर्षक नारा सुन्नुभयो होला,’ ओलीले भने । ‘बेटी बढाउ, बेटी बचाउ’ नारा लिएको मधेश प्रदेश सरकारले छात्रालाई साइकल बाँडेको थियो ।

मधेश प्रदेश पर्यटकको हिसाब एकदमै राम्रो रहेको जानकारी दिँदै उनले सुनकोसी डाइभर्सन बनेपछि यस क्षेत्रको सिँचाइ सुविधा पुग्ने बताए। वीरगञ्ज–काठमाडौं रेल चल्ने बताएका उनले धार्मिक पर्यटनको हिसाबले मधेश प्रदेश उत्कृष्ट रहेको बताए।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago