कसले कमाए, कसले गुमाए

काठमाडौँ: नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) साताको तेस्रो कारोबारको दिन मंगलबार १७ अंकले घटेको छ । मंगलबारको कारोबारमा बजार परिसूचक १७.१५ अंकले घटेको हो।

साताको दोस्रो कारोबारको दिन सोमबार ब्रोकरको डाटा सेन्टरमा समस्या आएको भन्दै करिब दुई घण्टा मात्र कारोबार भएको थियो। आज तीव्र उतारचढावबीच आजको कारोबार नकारात्मक हुन पुगेको थियो । मंगलबार २६६८.१२ परिसूचक विन्दुबाट सुरु भएको कारोबार बजार बन्द हुने बेलामा २६५०.९७ अंकमा ओर्लिएको छ । अर्थात आज नेप्से परिसूचक ०.६४ प्रतिशतले बजार घटेको छ। मंगलबार ‘क’ वर्गका कम्पनीहरू सेयर मूल्य मापक सेन्सेटीभ परिसूचक १.४२ प्रतिशत अर्थात ७.२६ अंकले घटेर ५०२ दशमलव ५९ अंकमा उक्लिएको छ ।

आज कारोबार भएका २ सय २९ कम्पनीको सेयर कारोबारमा ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार १ सय ७५ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । ६५ लाख २९ हजार २६ कित्ता सेयर ४६ हजार २ सय ८७ पटकको कारोबारमा खरिद बिक्री भएको थियो ।

समूहगत परिसूचकमा होटेल तथा पर्यटन, निर्जीवन बीमा समूह जीवन बीमा समूह तथा म्यचुअल फण्ड समूह बढ्दा अन्य ९ समूहको सेयर मूल्य घटेको छ । आजको कारोबारमा सबैभन्दा धेरै होटेल तथा पर्यटन समूहको सेयर ३.१६ प्रतिशतले बढेको छ । आज जलविद्युत समूहका सेयर मूल्य भने घटेको छ । जलविद्युत क्षेत्र आज १.४४ प्रतिशतले घटेको छ ।

दोहोरो अंकले बजार घट्दा आज कारोबार भएका ५२ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ३० कम्पनीको सेयर मूल्य घटेको छ । आजको कारोबारमा इमर्जीङ नेपाल लिमिटेड, सगरमाथा इन्स्योरेन्स, सोल्टी होटेल लिमिटेड, युनाइटेड आइडी आई मार्दी आरबी हाइड्रो पावर, नेपाल रिइन्स्योरेन्स कम्पनी सर्वाधिक कमाउने पाँच कम्पनीभित्र परेका छन् ।

आज सर्वाधिक कारोबार हुनेमा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड, अपी पावर कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स कम्पनी तथा शिवम् सिमेन्ट लगायतका कम्पनी रहेका छन् ।

आजको कारोबारमा सर्वाधिक गुमाउने पाँच कम्पनीमा नेपाल दुरसञ्चार प्राधिकरण मैलुङ खोला जलविद्युत आयोजना, सिंगटी हाइड्रो, माउन्टेन हाइड्रो नारायणी डेभलपमेन्ट बैंक लगायतका कम्पनी रहेका छन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago