काठमाडौँ: नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) साताको तेस्रो कारोबारको दिन मंगलबार १७ अंकले घटेको छ । मंगलबारको कारोबारमा बजार परिसूचक १७.१५ अंकले घटेको हो।
साताको दोस्रो कारोबारको दिन सोमबार ब्रोकरको डाटा सेन्टरमा समस्या आएको भन्दै करिब दुई घण्टा मात्र कारोबार भएको थियो। आज तीव्र उतारचढावबीच आजको कारोबार नकारात्मक हुन पुगेको थियो । मंगलबार २६६८.१२ परिसूचक विन्दुबाट सुरु भएको कारोबार बजार बन्द हुने बेलामा २६५०.९७ अंकमा ओर्लिएको छ । अर्थात आज नेप्से परिसूचक ०.६४ प्रतिशतले बजार घटेको छ। मंगलबार ‘क’ वर्गका कम्पनीहरू सेयर मूल्य मापक सेन्सेटीभ परिसूचक १.४२ प्रतिशत अर्थात ७.२६ अंकले घटेर ५०२ दशमलव ५९ अंकमा उक्लिएको छ ।
आज कारोबार भएका २ सय २९ कम्पनीको सेयर कारोबारमा ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार १ सय ७५ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । ६५ लाख २९ हजार २६ कित्ता सेयर ४६ हजार २ सय ८७ पटकको कारोबारमा खरिद बिक्री भएको थियो ।
समूहगत परिसूचकमा होटेल तथा पर्यटन, निर्जीवन बीमा समूह जीवन बीमा समूह तथा म्यचुअल फण्ड समूह बढ्दा अन्य ९ समूहको सेयर मूल्य घटेको छ । आजको कारोबारमा सबैभन्दा धेरै होटेल तथा पर्यटन समूहको सेयर ३.१६ प्रतिशतले बढेको छ । आज जलविद्युत समूहका सेयर मूल्य भने घटेको छ । जलविद्युत क्षेत्र आज १.४४ प्रतिशतले घटेको छ ।
दोहोरो अंकले बजार घट्दा आज कारोबार भएका ५२ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ३० कम्पनीको सेयर मूल्य घटेको छ । आजको कारोबारमा इमर्जीङ नेपाल लिमिटेड, सगरमाथा इन्स्योरेन्स, सोल्टी होटेल लिमिटेड, युनाइटेड आइडी आई मार्दी आरबी हाइड्रो पावर, नेपाल रिइन्स्योरेन्स कम्पनी सर्वाधिक कमाउने पाँच कम्पनीभित्र परेका छन् ।
आज सर्वाधिक कारोबार हुनेमा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड, अपी पावर कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स कम्पनी तथा शिवम् सिमेन्ट लगायतका कम्पनी रहेका छन् ।
आजको कारोबारमा सर्वाधिक गुमाउने पाँच कम्पनीमा नेपाल दुरसञ्चार प्राधिकरण मैलुङ खोला जलविद्युत आयोजना, सिंगटी हाइड्रो, माउन्टेन हाइड्रो नारायणी डेभलपमेन्ट बैंक लगायतका कम्पनी रहेका छन् ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…