प्रयटकिय नगर पोखरा र अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा: निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम लगभग अन्तिम चरणमा छ । हालसम्म ९३ प्रतिशत काम सकिसकेको छ । चीनको एक्जिम बैंकको ऋण सहयोगमा विमानस्थल चिनियाँ कम्पनीले नै बनाइरहेको छ । नागरिक उड्डयन प्राधिकरण पोखराले विमानस्थलको प्रमाणीकरणका लागि आसयपत्र समेत पठाइसकेको छ । केही महिनाअघि विमानस्थल बाहिरका समस्याबारे सूची बनाएर तीनवटै सरकारलाई थमाइएको छ । तर, अहिलेसम्म ति समस्याबारे कुनै निकास निस्किएको छैन । त्यसो त संसदीय समितिले नै यसबारे चासो देखाएको थियो । समितिले समस्या समाधानका लागि निर्देशन दिएर हिड्यो, समस्या जहाँको त्यहीँ छ ।

विमानस्थलका मुख्य समस्यामध्ये ल्याण्डफिल साइट हटाउनुपर्छ । विमानस्थलको उडान रुटमा पर्ने पोखराको ल्याण्डफिल हटाउन तीन वर्षदेखि पत्र आदान प्रदान भइरहेको छ । तर, पोखराले नयाँ जग्गा खोज्न सकेको छैन । ‘अहिलेको ल्याण्डफिलमा चराको आवतजावत निकै धेरै छ । उनीहरूको आनीबानी तत्काल फर्ने पनि सकिँदैन,’ प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले भने, ‘अहिलेको अवस्थामा विमानस्थललाई सबैभन्दा बढी जोखिम ल्याण्डफिलमाथि उड्ने चराको हो । ल्याण्डफिल हटाउनुपर्छ ।’ यसबाहेक विजयपुर खोलाको सरसफाइमा पनि विमानस्थलले ध्यान दिनुपर्नेछ ।

उडान हुनुअघि लेखनाथस्थित रिठ्ठेपानीको डाँडा काट्नुपर्छ । त्यसका लागि १०/१५ दिनमा इआईए सुरु हुने र १४ मिटर काट्ने वित्तिकै क्यालिब्रेसन उडान गर्न सकिने आयोजना प्रमुख विनेश मुनन्कर्मी बताउँछन् । ‘क्यालिब्रेसन फ्लाईट वैशाखमा गर्न सकिएन भने परीक्षणका लागि असोज कुर्नुपर्छ,’ उनले भने, ‘वैशाख कटाउनु हुँदैन भन्ने हाम्रो सोंच हो । तर बाह्य समस्याहरू हल हुन सकेको छैन । अन्योल कायम छ ।’

विमानस्थलमा ह्यांगर र हेलिप्याड निर्माण गर्न थप चार सय रोपनी जग्गा चाहिने उनको भनाइ छ । त्यसका लागि संघ सरकारलाई पत्र पठाइएको छ । विमानस्थलमा पस्ने पोखराको भलबाढी कटाउन संघ सरकारले बाइपास व्यवस्थापन अघि बढाएको छ । ३४ करोड लागतका काम अघि बढेको विमानस्थलले जनाएको छ । महानगरका मेयर मानबहादुर जिसीले विमानस्थल पोखरा र देशकै गौरवको योजना भएकोले जतिसक्दो छिटो सन्चालनमा ल्याउन आफु प्रतिबद्ध रहेको बताए ।

‘यति धेरै ऋण लिएर बनाएको एयरपोर्ट त्यसै राख्न भएन । जति छिटो चलायो, उति छिटो ऋण तिर्न सकिन्छ,’ उनले भने, ‘महानगरले ल्याण्डफिल लगभग खोजिसकेको छ । नगरभित्रका पहुँच मार्ग निर्माण गरिरहेको छ ।’ यसअघि निर्णय भएको ठाउँमा स्थानीयको अवरोधले सार्न नमिलेको महानगरले जनाएको छ ।

अहिले विमानस्थलमा डेकोरेसन, फिनिसिङ र भलपानी, बाढी व्यवस्थापनको काम भइहेको छ । उडान सञ्चालनका लागि प्रदेश सरकारले नागरिक उड्डयन प्राधिकरणसँग मिलेर नेपालमा उडान भरिरहेका हवाइ कम्पनीसँग छलफलको आयोजना गर्दै छ । चौतर्फी समस्या रहेको र समाधानमा चासो नदेखाएपछि प्रदेश सरकारले सरोकारवालासँग छलफल गरेर निकास खोजेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्नो जिम्मामा परेको काम तत्काल सुरु गर्न निर्देशन दिए ।

‘यसले पोखरालाई मात्र फाइदा हुँदैन । प्रदेश र देशलाई समेत फाइदा हुन्छ । त्यसैले समस्या समाधानमा सबै जुटौं,’ उनले भने, ‘म फलानो सरकार भनेर नबसौं, हामी एउटै देशभित्रका हौं ।’ विमानस्थलभित्र इन्धन डिपोसमेत निर्माण हुन सकेको छैन भने सुरक्षाका लागि आवश्यक भवनहरू बनेका छैनन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago