बोनस सेयर घोषणा गरेको टेलिकमको मूल्य ५% घट्यो

काठमाडौँ: मंगलबार सेयर बजारको परिसूचक नेप्से २६५० अंकमा झरेको छ । १७.१५ अंक घटेर परिसूचक साढे २६ सय अंकमा कायम भएको हो । कुल ३ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएको छ । कुल ५२ कम्पनीको मूल्य बढ्यो भने १३० को घट्यो । ११ को मूल्य भने स्थिर रह्यो ।

इमर्जिङ नेपालको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढ्यो । सगरमाथा इन्स्योरेन्स र सोल्टी होटलको मूल्य ६ प्रतिशत बढ्यो । नेपाल टेलिकमको सबैभन्दा बढी ३४ करोड २३ लाख रुपैयाँको सेयर कारोबार भयो । सो कम्पनीले पहिलो पटक १ सय कित्ता बराबर २० कित्ता बोनस सेयर घोषणा गरेको छ । साथै २० प्रतिशत नगदसहित कुल ४० प्रतिशत लाभांश घोषणा गरेको छ ।
तर लाभांश सार्वजनिक भएकै दिन कम्पनीको सेयर मूल्य ५.१३ प्रतिशत अर्थात प्रतिकित्ता ८८ रुपैयाँ घट्यो । मंगलबार सबैभन्दा धेरै मूल्य घट्नेमा टेलिकम नै अगाडि रह्यो । पहिले नै सूचना थाहा पाएर मूल्य बढेकाले बोनस सेयर घोषणा भएको दिन बेच्ने सेयर संख्या धेरै हुँदा कम्पनीको मूल्यमा ठूलो गिरावट आएको अनुमान छ । कारोबार रकमका आधारमा टेलिकमपछि अपी पावर, नेपाल लाइफ इन्स्योरेन्स, पुनर्बीमा कम्पनी र शिवम् सिमेन्ट क्रमश: अगाडि रहे ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago