युक्रेनका विभिन्न सहरमा हमला तीव्र

किभ: रुसी सेनाले मंगलबार पनि युक्रेनका विभिन्न सहरमा हमला तीव्र पारेको छ । रुसी सेनाले आवासीय भवनलाई मुख्य निशाना बनाएको छ । राजधानी किभका आवासीय भवनहरुमा बिस्फोट र मिसाइल प्रहार भएका छन् ।

युक्रेनको राज्य आपतकालीन सेवाका अनुसार किभमा भएका मिसाइल प्रहारमा दुई जनाको मृत्यु भएको छ । त्यस्तै ३५ जनाको उद्धार भएको छ । विस्फोटनका कारण लुकियानिभ्स्कास्थित रेल स्टेसनको अग्रभाग र कार्यालयहरूमा क्षति भएको किभको मेट्रो सञ्जालले जनाएको छ ।

किभबाट पश्चिमी क्षेत्रमा रहेको बोर्सचागोभका जिल्लामा कम्तिमा दुई ओटा शक्तिशाली बिस्फोट भएका छन् । रुसी सेनाले २४ फेब्रुवरीदेखि युक्रेनमा हमला गरिरहेको छ । रुसी हमलामा सयौ मानिस मारिएका छन् । रुसी हमलाका कारण झन्डै २५ लाख मानिस युक्रेन छोडेर छिमेकी मुल्ुकहरुमा शरण लिएका छन् ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago