‘प्रेमगञ्ज’मा बेनिशाको बोल्ड लुक्स सार्वजनिक

काठमाडौं । नायिका बेनिशा हमाललाई ‘मैना’को रुपमा प्रस्तुत गर्दै फिल्म ‘प्रेमगञ्ज’को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले भ्यालेन्टाइन्स डेको दिन पारेर बेनिशाको बोल्ड लुक्स सार्वजनिक गरेको छ ।

परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको फिल्म ‘प्रेमगञ्ज’ आउँदो जेठमा सार्वजनिक गर्ने निर्माण टिमको लक्ष्य छ । यही लक्ष्यअनुसार हाल पोस्ट प्रडक्सनको काम भइरहेको निर्देशक सेनले बताएका छन् । ‘अवस्था अनुकूल भयो भने हामी जेठमा प्रदर्शन गर्ने गरी मिति हेरिरहेका छौं,’ सेनले भने, ‘हामी धमाधम सम्पादनको काम गरिरहेका छौं ।’

बैंकर तेज गिरीले यही फिल्मबाट डेब्यु गर्दैछन् । तेज र बेनिशाबाहेक फिल्ममा सम्पदा बानियाँ, पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का लगायतको अभिनय छ । सुप्रिया, प्रशान्त, सिमरन अडिसनबाट छानिएका हुन् । फिल्ममा नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीले पनि अभिनय गरेका छन् ।

चलचित्र चौतारीको प्रस्तुति रहेको फिल्मका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । सञ्जय लामाको छायांकन रहेको फिल्ममा डेढ करोड लगानी भएको निर्माण पक्षले दाबी गरेको छ ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago