काठमाडौं । नायिका बेनिशा हमाललाई ‘मैना’को रुपमा प्रस्तुत गर्दै फिल्म ‘प्रेमगञ्ज’को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले भ्यालेन्टाइन्स डेको दिन पारेर बेनिशाको बोल्ड लुक्स सार्वजनिक गरेको छ ।
परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको फिल्म ‘प्रेमगञ्ज’ आउँदो जेठमा सार्वजनिक गर्ने निर्माण टिमको लक्ष्य छ । यही लक्ष्यअनुसार हाल पोस्ट प्रडक्सनको काम भइरहेको निर्देशक सेनले बताएका छन् । ‘अवस्था अनुकूल भयो भने हामी जेठमा प्रदर्शन गर्ने गरी मिति हेरिरहेका छौं,’ सेनले भने, ‘हामी धमाधम सम्पादनको काम गरिरहेका छौं ।’
बैंकर तेज गिरीले यही फिल्मबाट डेब्यु गर्दैछन् । तेज र बेनिशाबाहेक फिल्ममा सम्पदा बानियाँ, पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का लगायतको अभिनय छ । सुप्रिया, प्रशान्त, सिमरन अडिसनबाट छानिएका हुन् । फिल्ममा नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीले पनि अभिनय गरेका छन् ।
चलचित्र चौतारीको प्रस्तुति रहेको फिल्मका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । सञ्जय लामाको छायांकन रहेको फिल्ममा डेढ करोड लगानी भएको निर्माण पक्षले दाबी गरेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…