अब्बल साबित गर्दै शिखर इन्स्योरेन्स, नेप्सेमा सूचीकृत निर्जीवन बीमा कुन कस्तो?

सबैभन्दा कम खुद नाफा आर्जन गर्नेमा अजोड इन्स्योरेन्स रहेको छ भने कम कुल र खुद बीमाशुल्क आर्जन गर्नेमा सानिमा जनरल इन्स्योरेन्स रहेको छ।

सबैभन्दा धेरै खुद बीमाशुल्क आर्जन गर्नेमा भने नेको इन्स्योरेन्स रहेको छ।

शिखर इन्स्योरेन्सको चुक्ता पूँजी सबैभन्दा धेरै १ अर्ब ७५ करोड ८५ लाख रुपैयाँ रहेको। शिखरले ३० प्रतिशत हकप्रद निष्काशन गरेपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २८ करोड रुपैयाँ पुग्नेछ। सबैभन्दा कम चुक्ता पूँजी भने राष्ट्रिय बीमा कम्पनीको २६ करोड ६६ लाख रुपैयाँ मात्रै छ।

राष्ट्रिय बीमा कम्पनी बाहेक सबै निर्जीवन बीमा कम्पनीहरुले बीमा समितिको निर्देशन अनुसार न्यूनतम एक अर्ब चुक्ता पूँजी पुर्याएका छन्।

हाल नेपालमा २० निर्जीवन बीमा कम्पनीहरु सञ्चालनमा छन्। जसमध्ये नेप्सेमा सूचीकृत १८ निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७ अर्ब ३७ करोड १८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरी एक करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएका छन्।

खुद बीमाशुल्कमा शिखरलाई नेकोले उछिन्यो, नाफा कमाउनेमा भने शिखर पहिलो

नेप्सेमा सूचीकृत १८ निर्जीवन बीमा कम्पनीहरुमध्ये खुद बीमाशुल्क नेको इन्स्योरेन्स र खुद नाफा आर्जनमा शिखर इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। खुद बीमाशुल्कमा नेकोले शिखरलाई पछि पारेपनि खुद नाफा आर्जनमा भने शिखरले अग्रता कायमै राखेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नेको इन्स्योरेन्सले सबैभन्दा धेरै ९८ करोड ५४ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरी १५ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै २ अर्ब ३५ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेपनि खदु बीमाशुल्क भने ७६ करोड २२ लाख रुपैयाँमा सीमित भएको छ। तर, खुद नाफा भने सबैभन्दा धेरै २४ करोड ३० लाख रुपैयाँ कमाउन सफल भएको छ।

यता राष्ट्रिय बीमा कम्पनीले भने सबैभन्दा कम १२ करोड ८८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यद्यपी कम्पनीले १९ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

यस्तै सबैभन्दा कम नाफा कमाउनेमा अजोड इन्स्योरेन्स रहेको छ। अजोडले यस अवधिमा ४ करोड ६३ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको छ।

जगेडा र बीमा कोषमा राष्ट्रिय बीमा कम्पनी मजबुत

सबैभन्दा थोरै चुक्ता पूँजी भएको राष्ट्रिय बीमा कम्पनीको जगेडा र बीमा कोषमा भने ठूलो रकम थुप्रिएको छ। कम्पनीको जगेडा कोषमा ३ अर्ब २४ करोड ५६ लाख रुपैयाँ र बीमा कोषमा २ अर्ब ५२ करोड ७३ लाख रुपैयाँ सञ्चित छ।

यस्तै, शिखर इन्स्योरेन्सको जगेडा कोषमा ६९ करोड ३५ लाख रुपैयाँ र बीमा कोषमा एक अर्ब ४१ करोड रुपैयाँ सञ्चित रहेको छ।

सबैभन्दा कम जगेडा कोष र जीवन बीमा कोषमा हुनेमा भने सानिमा जनरल इन्स्योरेन्स रहेको छ। सानिमाको जगेडा कोषमा ११ करोड १८ लाख रुपैयाँ र जीवन बीमा कोषमा १२ करोड १८ लाख रुपैयाँ सञ्चित छ।

प्रतिशेयर आम्दानी र नेटवर्थमा पनि राष्ट्रिय बीमा कम्पनी अघि

राष्ट्रिय बीमा कम्पनीको चुक्ता पूँजी थोरै भएका कारण प्रतिशेयर आम्दानी र नेटवर्थ सबैभन्दा धेरै देखिएको छ। कम्पनीको प्रतिशेयर आम्दानी १४५ रुपैयाँ ७४ पैसा र प्रतिशेयर नेटवर्थ एक हजार ३१७ रुपैयाँ २५ पैसा रहेको छ।

यस्तै, सगरमाथा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ९५ पैसा र प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ८८ पैसा रहेको छ।

सबैभन्दा कम प्रतिशेयर आम्दानी अजोड इन्स्योरेन्सको रहेको छ भने प्रतिशेयर नेटवर्थ सानिमा जनरल इन्स्योरेन्सको रहेको छ। अजोडको प्रतिशेयर आम्दानी ९ रुपैयाँ २६ पैसा छ भने सानिमाको प्रतिशेयर नेटवर्थ १११ रुपैयाँ १८ पैसा रहेको छ।

राष्ट्रिय बीमा कम्पनीको मूल्य आम्दानी अनुपात सबैभन्दा धेरै अर्थात १२३.६१ गुणा छ भने प्रिमियर इन्स्योरेन्सको सबैभन्दा कम ३७.०६ गुणा रहेको छ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago