नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष लागि तीन जनाको नाम सिफारिस भएको छ ।
धितोपत्र बोर्डको अध्यक्षको नियुक्तिका लागि गठित छनौट तथा सिफारिस समितिले कृष्णराज पोखरेल, डा. गोपाल भट्ट र रमेश कुमार हमालको नाम अध्यक्षको लागि सिफारिस गरेको हो ।
छनौट समितिले सिफरिस गरेको ३ जना मध्ये एक जनालाई मन्त्रिपरिषद्काे आगामी बैठकले बोर्डको अध्यक्ष नियुक्त गर्नेछ ।
अध्यक्षका लागि १५ जनाको आवेदन परेकोको परेको थियो । त्यसमध्येबाट छनौट समितिले दोस्रो चरणमा कार्ययोजना प्रस्तुतिकरण तथा अन्तरवार्ताको लागि ५ जनाको नाम छनौट गरेको थियो ।
पाँच जनाको लिस्ट परेका निरज गिरि र खगेन्द्र कटुवाल भने बोर्ड अध्यक्षको दौडबाट बाहिरीएका छन् ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…