रानिमहल दरबार संग्रहालय सर्बसाधारणका लागी खुल्यो

भबिन्द्र गौतम
पाल्पा, १ माघ ।
तानसेनको मुख्य पर्यटकीय स्थल रानीमहल दरबार अब संग्रहालयको रुपमा बिकसित भएको छ । रानीघाट दरबार रानिमहल संग्रहालयको तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले एक कार्यक्रमका बीच शुक्रबार उद्घाटन गर्नुभयो । उद्घाटन सङ्गै माघ १ गतेबाट संग्रहालय अनुगमनका लागी खुला गरिएको छ ।

ऐतिहासिक पुरातत्त्व संग जोडिएका दरबारका केही  सामाग्रीहरु ल्याई दरबारलाई संग्रहालय बनाइएको छ । पहिलो चरणमा दरबारको सरसफाई, दरबारमा पुरातन शैलिका बत्ती, पानीको फोहरा, खानेपानीको ब्यवस्था, भत्केका स्थानको मर्मतसम्हार, दर्शकलाई ईन्टरनेट, आकर्षक फुल सहित बगैचा, संकेत दिने बोर्ड लगायत ब्यवस्थापन भएको कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख शाहीले बताउनुभयो ।

हराएका पुरातात्विक सामाग्रीहरु १ सय ६६ थान फिर्ता ल्याई संग्रहालयमा राखिएको छ। संग्रहालयमा खड्ग शम्सेरले प्रयोग गरेका भाडा, मुर्ति, शंख, शालिग्राम आदी राखिएको छ । त्यस्तै पर्यटकलाई खड्ग शम्सेर र रानी तेजकुमारीको फोटोसंग सोल्फी खिच्ने ब्यबस्था मिलाईएको छ । दरबार परिसरमा जोडिएको बत्तिले रातिमा निकै आकर्षक देखिएको छ ।

रानीमहलको बिकासमा पहिलो चरणमा केही देखिने काम भएको भन्दौ रानीमहलको सम्पूर्ण बिकास गर्न १० करोड भन्दा बढी बजेट लाग्ने देखिएको बताउदै शाहिले सुरुमा १५ लाखबाट सुरुभएको काम हाल करिब ३५ देखि ४० लाख खर्च भईसकेको जानकारी दिनुभयो । दरबार क्षेत्रको समग्र बिकासका लागि दरबार तानसेन नगरपालिकामा भएको तर आँगन अर्को पालिकाको भएको हुदा दुबै पालिक बिच समन्वय गरेर काम भएको नगरप्रमुखले बताउनुभयो ।

तानसेन नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेबी पाठकले रानीमहलको बिकास र सौन्दर्यकरणले आर्थिक बिकास समेत सहयोग पुग्ने धारणा राख्नुभयो । कार्यक्रममा तानसेन नगरपालिकाका अधिकृत शंकर भण्डारीले स्वागत संगै रानीमहल दरबार सौन्दर्यकरण तथा संरक्षणका क्रममा भएका कामको बारेमा जानकारी दिनुभयो । उहाँले करिब २ महिनाको निरन्तर मेहनतले रानीमहल दरबारलाई यो अवस्थामा ल्याउन सम्भब भएको जानकारी दिनुभयो ।
कार्यक्रम तानसेन १३ की कार्यबाहक वडा अध्यक्ष कमला भन्डारीको अध्यक्षता र तानसेन नगरपालिकाका अधिकृत भरत आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago