रानिमहल दरबार संग्रहालय सर्बसाधारणका लागी खुल्यो

भबिन्द्र गौतम
पाल्पा, १ माघ ।
तानसेनको मुख्य पर्यटकीय स्थल रानीमहल दरबार अब संग्रहालयको रुपमा बिकसित भएको छ । रानीघाट दरबार रानिमहल संग्रहालयको तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले एक कार्यक्रमका बीच शुक्रबार उद्घाटन गर्नुभयो । उद्घाटन सङ्गै माघ १ गतेबाट संग्रहालय अनुगमनका लागी खुला गरिएको छ ।

ऐतिहासिक पुरातत्त्व संग जोडिएका दरबारका केही  सामाग्रीहरु ल्याई दरबारलाई संग्रहालय बनाइएको छ । पहिलो चरणमा दरबारको सरसफाई, दरबारमा पुरातन शैलिका बत्ती, पानीको फोहरा, खानेपानीको ब्यवस्था, भत्केका स्थानको मर्मतसम्हार, दर्शकलाई ईन्टरनेट, आकर्षक फुल सहित बगैचा, संकेत दिने बोर्ड लगायत ब्यवस्थापन भएको कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख शाहीले बताउनुभयो ।

हराएका पुरातात्विक सामाग्रीहरु १ सय ६६ थान फिर्ता ल्याई संग्रहालयमा राखिएको छ। संग्रहालयमा खड्ग शम्सेरले प्रयोग गरेका भाडा, मुर्ति, शंख, शालिग्राम आदी राखिएको छ । त्यस्तै पर्यटकलाई खड्ग शम्सेर र रानी तेजकुमारीको फोटोसंग सोल्फी खिच्ने ब्यबस्था मिलाईएको छ । दरबार परिसरमा जोडिएको बत्तिले रातिमा निकै आकर्षक देखिएको छ ।

रानीमहलको बिकासमा पहिलो चरणमा केही देखिने काम भएको भन्दौ रानीमहलको सम्पूर्ण बिकास गर्न १० करोड भन्दा बढी बजेट लाग्ने देखिएको बताउदै शाहिले सुरुमा १५ लाखबाट सुरुभएको काम हाल करिब ३५ देखि ४० लाख खर्च भईसकेको जानकारी दिनुभयो । दरबार क्षेत्रको समग्र बिकासका लागि दरबार तानसेन नगरपालिकामा भएको तर आँगन अर्को पालिकाको भएको हुदा दुबै पालिक बिच समन्वय गरेर काम भएको नगरप्रमुखले बताउनुभयो ।

तानसेन नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेबी पाठकले रानीमहलको बिकास र सौन्दर्यकरणले आर्थिक बिकास समेत सहयोग पुग्ने धारणा राख्नुभयो । कार्यक्रममा तानसेन नगरपालिकाका अधिकृत शंकर भण्डारीले स्वागत संगै रानीमहल दरबार सौन्दर्यकरण तथा संरक्षणका क्रममा भएका कामको बारेमा जानकारी दिनुभयो । उहाँले करिब २ महिनाको निरन्तर मेहनतले रानीमहल दरबारलाई यो अवस्थामा ल्याउन सम्भब भएको जानकारी दिनुभयो ।
कार्यक्रम तानसेन १३ की कार्यबाहक वडा अध्यक्ष कमला भन्डारीको अध्यक्षता र तानसेन नगरपालिकाका अधिकृत भरत आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago