फुनावासीमा नेपाली पसल खुल्यो (फोटो)

जापानको चिवा क्षेत्रमा बसोवास गर्ने नेपालीहरूलाई टिपिकल नेपाली खाध्य सामाग्री संगै विविध सेवा पुर्याउने ळक्ष्य सहित आवर मार्ट फुनावासी विधिवत उदघाटन गरिएको छ। आईतबार एक समारोहका बीच एनआरएनए आईसिसि उपमहासचिव तथा जापान मनि एक्सप्रेसका अध्यक्ष ओम गुरूङ, नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष संजिव चाम्लिगं राई, कास्की पोखरा समाजका अध्यक्ष विश्व सुवेदी, एनआरएनए चिवाका उपाध्यक्ष राजन भट्टराई विकी, सचिव शंकर सुवेदी लगायतले रिवन काटेर समुदघाटन गर्नुभयो।

समारोहमा फुनावासी क्षेत्रमा बसोवास गर्ने नेपालीहरूको समेत सहभागिता रहेको थियो। फुनावासीमा करिव एक दशकयता वसोवास गर्दै आएका सुमित्रा राई र चेतबहादुर थापा मगरको संयुक्त प्रयासमा मार्टको सुरूगरिएको सो अवसरमा जानकारी गराईएको थियो।

जापान मनि एक्सप्रेस जेएमईको शाखा कार्यालय भएकै स्थानमा मार्टले आफ्नो सेवा सुचारू गरेको हो। जेएमईबाट प्रदान गरिने रेमिटयान्स सहित नेपाली स्वादका विविध खाध्य सामाग्री र नेपालीहरूलाई आवश्यक पर्ने सम्पूर्ण सेवाहरू प्रदान गर्ने संचालिका सुमित्रा राईले जानकारी दिनुभयो।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago