जापनिजलाई नेपाल चिनाउन जापानको नागोयामा नेपाल फेष्टिबल हुँदैं ।

कविकिरण न्योपाने । जापानको राजधानी टोकियो र अर्को शहर फुकोओकामा भव्यताका साथ सम्पन्न नेपाल र नेपाली चिनाउन गरिएका फेष्टिबल पछि जापानको तेश्रो ठूलो शहर र नेपालीहरु धेरै बस्ने नागोयामा नेपाल फेष्टिबल हुने भएको छ।

टोकियोमा भएको नेपाल फेष्टिबलको उद्‌घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेना र फुकुओकामा भएको नेपाल फेष्टिबलको उद्‌घाटन पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी ) केन्द्रका अध्यक्ष पुष्वकमल दाहाल (प्रचण्ड) ले गरेका थिए। सामाजिक सञ्जालमा टोकियोको फेष्टिबल एमालेमय र फुकोओकाको फेष्टिबल माओवादीमय भयो भन्दैं टिका टिप्पणी भएका थिए। यध्यपि फुकोओकामा पूर्व प्रधानमन्त्रीको हैसियतले प्रचण्डद्वारा फेष्टिबल उद्‌घाटन गरिएको एनआरएनए जापानका सचिव देबराज उप्रेतिको भनाई छ। त्यस्तै टोकियोमा भएको फेस्टिबलमा राष्ट्रिय सभा अध्यक्षको हैसियतले  फेष्टिबल उदघाट्न भएको बताउँदै एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठले राष्ट्रिय सभा अध्यक्ष कुनै पार्टीको नहुने तर्क गर्छन।

आगामी सेप्टेम्बर ३ तारिक सनिवार र ४ तारिक आईतवार नागोयामा हुने नेपाल फेष्टिबलको तयारी तिब्र पारिएको एनआरएनए नागोयाका संयोजक मनोजबम मल्लले बताए। फेस्टिबल नागोयाको मुटु साकायको स्थित इडिओन हिसाया स्वायर पार्कमा हुने  बताईएको छ। यो फेष्टिबल नागोयामा दोश्रो पटक आयोजना हुँदैं छ। एनआरएनए क्षेत्रीय समिति नागोया र नेपाली राजदूतावास टोकियोको संयुक्त आयोजनामा हुने उक्त फेष्टिबलमा स्थानिय संघसंस्था तथा व्यक्तिहरुको समेत उत्साहजनक साथसहयोग रहेको एनआरएनए नागोयाका उप- संयोजक कृष्ण गौतमले बताए। 

फेस्टिवलमा नेपाली रेस्टुरेन्ट एवं अन्य सेवा प्रदायक तथा व्यवसायिक सहित २७ वटा स्टलहरु रहने फेष्टिबलका स्टल ब्यबस्थापन संयोजक तथा एनआरएनए जापानका उपाध्यक्ष राजकुमार अधिकारिले जानकारी दिए। फेस्टिबलको हरेक गतिविधीमा सिस्टम र पारदर्शीतालाई ध्यानमा राखेर कार्य गरिएको उनको धारणा छ। एनआरएनए आईसिसि सदस्य समेत रहेका फेष्टिबल मूल आयोजक समितिका संयोजक दिपक कार्की दोश्रो पटक नागोयामा नेपाल फेष्टिबल आयोजना गर्न पाएकोमा उत्साहित भएको बताउछन् । जापनिज माझ नेपाल र नेपाली चिनाउने यो अभियानमा सबैबाट साथ र सहयोग रहेको उनि बताउँछन् । 

काम गर्ने क्रममा कहि कतै कमि कमजोरी रहे त्यसलाई समिक्षा गर्दै सत्च्याउन सकिने बताउँदै फेष्टिबल मूल आयोजक उप – संयोजक समेत रहेका अर्जून केसीले फेष्टिबललाई सभ्य र भब्यताका साथ सम्पन्न गर्न लागि पर्नुपर्ने बताए । फेष्टिवलमा नेपाली कला संस्कृति झल्कने भेषभूषा, कला , खानपिन तथा रहन सहनको बारेमा प्रस्तुती रहने बताईएको छ। 

एनआरएनए जापानका सचिव समेत रहेका फेष्टिबल आयोजक समितिका सचिव श्याम सितलका अनुसार फेष्टिबल गर्नु मात्र ठूलो कुरा नभई, फेष्टिबलमा व्यवस्थापन कस्तो थियो भन्नेले महत्व राख्ने धारणा राख्छन । त्यस्तैले फेष्टिबललाई उत्कृष्ट व्यवस्थापन गर्दै भब्य बनाईने उनले बताए। जापानमा हुने नेपाल फेष्टिवलहरुमा बेला – बेलामा आर्थिक कृयाकलापमा प्रश्न चिन्ह्र उठेन गरेको सम्बन्धमा यो फेष्टिबलमा हरेक हिसाब किताब पारदर्शी राखिने र फेष्टिबल सकिना साथ आय-व्यय सार्वजिनक गरिने आर्थिक व्यवस्थापन समिति संयोजक डिलाराम खरेलले बताए। कुनै पनि कारोबार बैकबाट मात्र गरिने खरेलको भनाई छ। फेस्टिबल तयारीको हाल सम्मको गतिबिधी र भाबि कार्य योजना सम्बन्धमा जानकारी गराउन छिट्टैं पत्रकार सम्मेलन आयोजना गरिने लागेको फेष्टिबल प्रचार-प्रसार समितिका संयोजक भवानी पंन्तले बताए। फेष्टिबलमा नेपालीले प्रयोग गर्ने ढिकी, जातो एवं बारतली भएको घर समेत हेर्न सकिने बताईएको छ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago