झापामा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नेको बाक्लो उपस्थिति

बिर्तामोड , बिहीबार बिहान ११:४५ मा बिर्तामोडको अग्रसेन भवन भरिभराउ थियो । पुराना राजनीतिक पार्टीदेखि विचारधारादेखि वाक्क दिक्क भएकाहरु  राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्न र पार्टीका सभापति रवि लामिछानेको भाषण सुन्न जम्मा भएका थिए ।

पुराना राजनीतिक पार्टी नेपाली कांग्रेस , नेकपा एमाले , माओवादी केन्द्रजस्ता राजनीतिक दलबाट वितृष्णा भएका खासगरी युवा वर्गको ठूलै उपस्थिति कार्यक्रममा थियो । राष्ट्रिय स्वतन्त्र पार्टीको छलफलमा नयाँ आशा र भरोसा खोज्दै आएकाहरुको संख्या उल्लेखनीय रहेको थियो । जसबाट पूर्व संचारकर्मी रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले झापाका राजनीतिक दलहरुलाई कडा टक्कर दिने संभावना देखिएको छ । लामिछानेलाई हेर्न गएका कांग्रेस– एमालेका कार्यकर्ताहरुले कुरा गर्दै भनिरहेका थिए –‘झापामा यो पार्टीले राम्रै जनमत बटुल्ने देखिन्छ ।’ ठूलो समर्थन देखेर उत्साहित हुँदै पार्टी अध्यक्ष लामिछानेले अब आफ्नो पार्टी झापाको आवाज बन्ने दावी गरे । उनले झापा आफ्नो राष्ट्रिय स्वतन्त्र पार्टीको हुने समेत दावी गरे ।‘ झापाको आवाज को हुनेछ ? ’ उनले प्रश्न गर्दै भने ‘झापा अब राष्ट्रिय स्वतन्त्र पार्टीको हुनेछ । ’

पुराना दलहरुको बेथिति र अधिनायकवादको विरुद्धमा विभिन्न पेशा व्यवसाय गर्नेहरु राजनीतिमा होमिन बाध्य हुनुपरेको उनले बताए । जनताले पाइला पाइलामा दुख पाइरहँदा दलहरुले नसुनेपछि असन्तुष्टिका स्वरहरु एक हुनुपरेको लामिछानेले बताए । उनले अबदेखि आफूले नेपालमा बनेका लुगाहरु मात्रै लगाउने घोषणा गरे । उनले नेपालकै उत्पादनलाई प्राथमिकता दिने बताएका हुन्।

रवि लामिछानेले नेपाली उत्पादनलाई प्रवर्द्धन गर्नुपर्ने भन्दै त्यसका लागि आफूबाटै सुरु गर्नुपर्ने धारणा व्यक्त गरेका थिए। उनले भने, ‘नेपालमा बनेका लुगा र सामान प्रयोग गर्दा उत्तिकै प्रभावशाली देखिन सक्छु जस्तो लागेको छ। मैले अहिले लगाएको तलदेखि माथिसम्मको पोशाक नेपाली उत्पादन हो। म निरन्तर नेपाली उत्पादनमात्रै प्रयोग गर्नेछु ।’ स्वदेशी उत्पादनको प्रवर्द्धनमा आफ्नो पार्टी लागिपर्ने उनको भनाइ थियो।

जिल्ला भेलाबाट जिल्ला समिति र १५ वटै पालिकाको समिति गठन भएको छ । जिल्ला सभापतिमा उमेश खरेल चयन भएका छन् भने जिल्ला सचिवमा प्रकाश पाठक रहेका छन् । त्यस्तै बिर्तामोडको संयोजकमा शम्भु भण्डारी चुनिएका छन् । त्यस्तै बाह्रदशीको संयोजकमा सोमनाथ बजगाई चयन भएका छन् । १५ वटै पालिकाका संयोजकहरु जिल्ला सदस्य हुनेछन् । जिल्ला सभापति , सचिव , एक महिला सदस्य र १५ वटै पालिकाका संयोजक गरी १८ जनाको जिल्ला समिति रहने छ ।

पुरा भिडियो हेर्न तल दिएको लिङ्कमा क्लिक गर्नुहोला

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago