झापामा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नेको बाक्लो उपस्थिति

बिर्तामोड , बिहीबार बिहान ११:४५ मा बिर्तामोडको अग्रसेन भवन भरिभराउ थियो । पुराना राजनीतिक पार्टीदेखि विचारधारादेखि वाक्क दिक्क भएकाहरु  राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्न र पार्टीका सभापति रवि लामिछानेको भाषण सुन्न जम्मा भएका थिए ।

पुराना राजनीतिक पार्टी नेपाली कांग्रेस , नेकपा एमाले , माओवादी केन्द्रजस्ता राजनीतिक दलबाट वितृष्णा भएका खासगरी युवा वर्गको ठूलै उपस्थिति कार्यक्रममा थियो । राष्ट्रिय स्वतन्त्र पार्टीको छलफलमा नयाँ आशा र भरोसा खोज्दै आएकाहरुको संख्या उल्लेखनीय रहेको थियो । जसबाट पूर्व संचारकर्मी रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले झापाका राजनीतिक दलहरुलाई कडा टक्कर दिने संभावना देखिएको छ । लामिछानेलाई हेर्न गएका कांग्रेस– एमालेका कार्यकर्ताहरुले कुरा गर्दै भनिरहेका थिए –‘झापामा यो पार्टीले राम्रै जनमत बटुल्ने देखिन्छ ।’ ठूलो समर्थन देखेर उत्साहित हुँदै पार्टी अध्यक्ष लामिछानेले अब आफ्नो पार्टी झापाको आवाज बन्ने दावी गरे । उनले झापा आफ्नो राष्ट्रिय स्वतन्त्र पार्टीको हुने समेत दावी गरे ।‘ झापाको आवाज को हुनेछ ? ’ उनले प्रश्न गर्दै भने ‘झापा अब राष्ट्रिय स्वतन्त्र पार्टीको हुनेछ । ’

पुराना दलहरुको बेथिति र अधिनायकवादको विरुद्धमा विभिन्न पेशा व्यवसाय गर्नेहरु राजनीतिमा होमिन बाध्य हुनुपरेको उनले बताए । जनताले पाइला पाइलामा दुख पाइरहँदा दलहरुले नसुनेपछि असन्तुष्टिका स्वरहरु एक हुनुपरेको लामिछानेले बताए । उनले अबदेखि आफूले नेपालमा बनेका लुगाहरु मात्रै लगाउने घोषणा गरे । उनले नेपालकै उत्पादनलाई प्राथमिकता दिने बताएका हुन्।

रवि लामिछानेले नेपाली उत्पादनलाई प्रवर्द्धन गर्नुपर्ने भन्दै त्यसका लागि आफूबाटै सुरु गर्नुपर्ने धारणा व्यक्त गरेका थिए। उनले भने, ‘नेपालमा बनेका लुगा र सामान प्रयोग गर्दा उत्तिकै प्रभावशाली देखिन सक्छु जस्तो लागेको छ। मैले अहिले लगाएको तलदेखि माथिसम्मको पोशाक नेपाली उत्पादन हो। म निरन्तर नेपाली उत्पादनमात्रै प्रयोग गर्नेछु ।’ स्वदेशी उत्पादनको प्रवर्द्धनमा आफ्नो पार्टी लागिपर्ने उनको भनाइ थियो।

जिल्ला भेलाबाट जिल्ला समिति र १५ वटै पालिकाको समिति गठन भएको छ । जिल्ला सभापतिमा उमेश खरेल चयन भएका छन् भने जिल्ला सचिवमा प्रकाश पाठक रहेका छन् । त्यस्तै बिर्तामोडको संयोजकमा शम्भु भण्डारी चुनिएका छन् । त्यस्तै बाह्रदशीको संयोजकमा सोमनाथ बजगाई चयन भएका छन् । १५ वटै पालिकाका संयोजकहरु जिल्ला सदस्य हुनेछन् । जिल्ला सभापति , सचिव , एक महिला सदस्य र १५ वटै पालिकाका संयोजक गरी १८ जनाको जिल्ला समिति रहने छ ।

पुरा भिडियो हेर्न तल दिएको लिङ्कमा क्लिक गर्नुहोला

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago