कति स्वच्छ हावापानी , रमाइलो बातावरण घुम्न जाने ठाउँ, दार्जिलिङको झल्को मेटाउने बनौगाउँ

चिसो हावापानी, मिलेको सानो गाउँ । समुद्री सतहदेखि दुई हजार ५०० मिटरको उचाइमा छ सुन्दर बनौगाउँ । गाउँमाथिको जङ्गलको बीचमा रहेको पहाडको दृश्यावलोकन स्तम्भ । त्यही पहाडको टुप्पो अहिले चर्चामा छ । चर्चामा पनि किन नहोस् उक्त स्थानबाट धवलागिरिका तीन जिल्ला सदरमुकाम एकैसाथ देख्न सकिन्छ । बनौलेकको हल्जुरेडाँडाबाट देखिने दन्तेलहरजस्तै हिमशृङ्खलाले त्यहाँ पुग्ने आन्तरिक पर्यटकलाई नलोभ्याउने कुरै भएन ।

हल्जुरेडाँडाबाट देखिने सूर्योदयले त दार्जिलिङको झल्को नै मेटाउने गरेको छ । सूर्योदय हेर्नका लागि दार्जिलिङ पुग्ने पर्यटकका लागि यो आकर्षक गन्तव्य बन्न सक्नेमा दुईमत छैन । म्याग्दीको सदरमुकाम बेनी बजार, बागलुङ बजार र पर्वतको कुश्माबजार एकसाथ देख्न सकिने उक्त डाँडाले बनौप्रति पर्यटकलाई आकर्षित गरिरहेको छ । मध्यपहाडी पुष्पलाल लोकमार्ग बागलुङ–पर्वत खण्डको अर्मादीबाट एक घण्टामै पुग्न सक्ने स्थानमा रहेको बनौ अहिले सडक कालोपत्र भएपछि झनै बढी चर्चामा आउन थालेको हो । कला, संस्कृतिको धनी रहेको बनौगाउँमा मगर समुदायको बाहुल्यता रहेको छ । उनीहरूको मारुनी नाच र मगर बाजा यहाँको पहिचानसमेत हो।

उकालो कच्ची सडक भएका कारण कालोपत्र नहुँदा बनौ पुग्नै सास्ती भए पनि अहिले बनौसम्मै सडक कालोपत्र पुगेपछि आन्तरिक पर्यटक यहाँ आउन थालेको जलजला गाउँपालिका–९ बनौका अध्यक्ष गौबहादुर पुनले बताए।

‘बाहिरी पर्यटक ल्याउने मुख्य आधार सडक हो, सडकका कारण धेरै विकास रोकिनेरहेछ, बनौ आउने सडक हालैमात्रै कालोपत्र भएको छ, बगैँचाबाट साढे १२ किलोमिटर सडक हालैमात्र पक्की भएपछि बनौ पुग्न निकै सहज भएको छ’, अध्यक्ष पुनले भने, ‘आन्तरिकमात्रै होइन, बाह्य पर्यटकसमेत ल्याउने हाम्रो योजना हो, अहिले हल्जुरेडाँडामा पुग्ने पदमार्ग, शौचालयसहितको सत्तल र खानेपानीको व्यवस्थापन गरेका छौँ, दोस्रो कार्यकाल भर्खर सुरु भएको छ, बनौ आफैँमा सौन्दर्ययुक्त छ, प्रचार–प्रसार नपुगेर हो सबैको सहयोगमा यस क्षेत्रको प्रचार–प्रसारमा जुटेका छौँ, वडा कार्यालय र गाउँपालिकाले समय–समयमा पर्यटन क्षेत्रका विज्ञ तथा पर्यटन अभियानकर्मीलाई समेत त्यहाँ लैजाने गरेको छ ।’

उच्च पहाडी भेगमा रहेकाले त्यहाँ उत्पादित आलु निकै स्वादिष्ट छ । त्यहाँ पुगेकाहरूले बनौको मुख्य बाली आलु खोजी–खोजी कोसेली लैजाने गरेका छन् । बागलुङ, पर्वत र म्याग्दीबाट करिब एक घण्टाको सवारी यात्रामा पुग्न सकिने भएपछि तीन जिल्लाका आन्तरिक पर्यटकको रोजाइ बनौलेक बन्न थालेको छ ।

यस स्थानमा चिसो मौसम र हिउँ पर्दा बढी आन्तरिक पर्यटक आउने गरेको स्थानीय अमबहादुर गर्बुजाले बताए । ‘यस स्थानमा सूर्योदय दृश्यावलोकन नै मुख्य विशेषता हो, पछिल्लो समय पर्यटक यहाँ वनभोज खानसमेत आउँछन्’, गर्बुजाले भने, ‘बेलुका आएर बिहान सूर्योदय र हिमाल हेरेर फर्कने गरेका छन्, केही पर्यटक खानेबस्ने व्यवस्थासहित र टेण्ट टाँगेर डाँडामै बस्ने गरी आउँछन्, अहिले बर्खा लागेर होला कम पर्यटक आएका छन्, हिउँ पर्दा यस स्थानमा पर्यटक बोकेका सवारी साधन राख्ने ठाउँ नै हुँदैन ।’

यस क्षेत्रमा पर्यटकका लागि होटलको समेत व्यवस्था छ । गर्मीले आजित बनेका मानिस शीतलताका लागि बनौ पुग्ने गरेका छन् । सूर्योदय हेर्नकै लागि नेपालीहरू टाढा–टाढा पुग्दै आए पनि पक्की सडकको पहुँचमै आकर्षक पर्यटकीय गन्तव्य भएपछि त्यहाँ पुग्ने पर्यटकको सङ्ख्यामा दिनानुदिन वृद्धि भइरहेको छ । बनौको विषयमा आफूले सुनेभन्दा आकर्षक स्थान रहेको बागलुङ बजारबाट बनौ पुगेका पर्यटक शङ्कर जिसीले बताए ।

उनले बनौको प्रचार–प्रसार नपुगेको भन्दै यस स्थानमा धेरैभन्दा धेरै आन्तरिक र बाह्य पर्यटक आउन सक्ने सम्भावना रहेको बताए । अहिले बनौ लेकमा टेण्ट बोकेर पुग्ने र लेकमै रात बिताउने गरी बागलुङ, पर्वत तथा म्याग्दीका पर्यटक आउने गरेको बनौका युवा विश्व पुर्जा मगरले जानकारी दिए ।

उनले शुक्रबार बेलुका बसेर बिहान दृश्यावलोकन गरेर जाने गरी कर्मचारीसमेत यस स्थानमा आउने गरेको बताए । यस क्षेत्रमा थप पूर्वाधार भने बनाउन बाँकी नै छ । बनौ लेकको डाँडाबाट तीन जिल्लाका सदरमुकामसँगै धवलागिरि, अन्नपूर्ण, निलगिरिलगायतका दर्जनौँ हिमशङ्खलासमेत देख्न सकिन्छ । रासस

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago