राष्ट्र र जनता प्रति गद्दार गर्नेहरुलाई सधैको लागि निलम्बन गर्दा राम्रो

काठमाडौँ: नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई गभर्नरको पदबाट निलम्बन गर्ने विषयमा सत्तारुढ दलका नेताबीच छलफल भएको छ । प्रधानमन्त्री निकट स्रोतले दिएको जानकारी अनुसार गभर्नर अधिकारीलाई पदमै राख्ने कि निलम्बन गर्ने भन्ने विषयमा देउवा र प्रचण्डबीच छलफल भएको हो । बुधबार दुई नेताबीच गभर्नर महाप्रसाद अधिकारीलाई राख्ने कि फाल्ने बिषयमा छलफल भएको बुझिएको छ । यसअघि नै सरकारले गभर्नरलाई बर्खास्तीको प्रयास गरेको थियो । पछि अदालतबाट सफाई पाएर गभर्नर अधिकारी राष्ट्र बैंकको गभर्नरकै रुपमा फर्किएका थिए ।

प्रचण्डको योजना- ‘जनार्दन शर्मालाई पुनः अर्थमन्त्री बनाउने, र गभर्नर फाल्ने’

करका दर हेरफेर गरेको आरोपपछि अहिले जनार्दन शर्माविरुद्ध छानविन समिति बनेको छ । सो समितिले कामसमेत सुरु गरिसकेको छ । तर मन्त्रालयको सिसिटिभी फुटेज नै हटिसकेको अवस्थामा शर्मालिई दोषी देखाउन सो समितिले सक्ने सम्भावना एकदम कम भएको बुझिएको छ। र त अर्थमन्त्रीमा पुन: जनार्दन शर्मालाई ल्याएर गभर्नरलाई पुन: बर्खास्त गर्ने योजनामा सरकार छ । ‘प्रचण्डलाई देउवाजीले गभर्नरको विषयमा के गर्ने भनेर सोध्नुभएको थियो । ‘देउवानिकट स्रोत भन्छ- ‘प्रचण्डले फाल्ने त फाल्ने नै हो, तर अर्थमन्त्रीलाई पुनः ल्याएर फाल्न पाए मज्जा हुन्थ्यो भन्ने जवाफ प्रचण्डको थियो ।’ उनका अनुसार शर्मा दोषी देखिने देखियो भने केहि दिनभित्र गभर्नरलाई बर्खास्त गर्ने तयारी सरकारको छ ।

आन्तरिक परामर्शमा गभर्नर

यता आफ्नो नाम एमालेको अर्थ तथा योजना विभागमा रहेको प्रसङ्गले देश तातेपछि गभर्नर महाप्रसाद अधिकारी पनि आन्तरिक परामर्शमा छन् । स्रोतका अनुसार उनले बुधबार केहि कानुन व्यवसायी, एमालेका नेताहरुसँग पनि यस विषयमा छलफल गरेका थिए । उनले सरकारले बर्खास्त गर्न सक्छ कि सक्दैन, गर्यो भने के गर्ने ? लगायतका विषयमा छलफल गरेको स्रोतको दाबी छ । एमालेको अर्थ तथा योजना विभागमा एम अधिकारी नाम देखिएपछि उनी अहिले विवादमा छन् । स्वयम् सोहि विभागका अन्य सदस्यले पनि महाप्रसाद अधिकारी नै सो विभागमा रहेको बताईरहेका बेला यो विषय झनै पेचिलो बनेको छ ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago