राष्ट्र र जनता प्रति गद्दार गर्नेहरुलाई सधैको लागि निलम्बन गर्दा राम्रो

काठमाडौँ: नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई गभर्नरको पदबाट निलम्बन गर्ने विषयमा सत्तारुढ दलका नेताबीच छलफल भएको छ । प्रधानमन्त्री निकट स्रोतले दिएको जानकारी अनुसार गभर्नर अधिकारीलाई पदमै राख्ने कि निलम्बन गर्ने भन्ने विषयमा देउवा र प्रचण्डबीच छलफल भएको हो । बुधबार दुई नेताबीच गभर्नर महाप्रसाद अधिकारीलाई राख्ने कि फाल्ने बिषयमा छलफल भएको बुझिएको छ । यसअघि नै सरकारले गभर्नरलाई बर्खास्तीको प्रयास गरेको थियो । पछि अदालतबाट सफाई पाएर गभर्नर अधिकारी राष्ट्र बैंकको गभर्नरकै रुपमा फर्किएका थिए ।

प्रचण्डको योजना- ‘जनार्दन शर्मालाई पुनः अर्थमन्त्री बनाउने, र गभर्नर फाल्ने’

करका दर हेरफेर गरेको आरोपपछि अहिले जनार्दन शर्माविरुद्ध छानविन समिति बनेको छ । सो समितिले कामसमेत सुरु गरिसकेको छ । तर मन्त्रालयको सिसिटिभी फुटेज नै हटिसकेको अवस्थामा शर्मालिई दोषी देखाउन सो समितिले सक्ने सम्भावना एकदम कम भएको बुझिएको छ। र त अर्थमन्त्रीमा पुन: जनार्दन शर्मालाई ल्याएर गभर्नरलाई पुन: बर्खास्त गर्ने योजनामा सरकार छ । ‘प्रचण्डलाई देउवाजीले गभर्नरको विषयमा के गर्ने भनेर सोध्नुभएको थियो । ‘देउवानिकट स्रोत भन्छ- ‘प्रचण्डले फाल्ने त फाल्ने नै हो, तर अर्थमन्त्रीलाई पुनः ल्याएर फाल्न पाए मज्जा हुन्थ्यो भन्ने जवाफ प्रचण्डको थियो ।’ उनका अनुसार शर्मा दोषी देखिने देखियो भने केहि दिनभित्र गभर्नरलाई बर्खास्त गर्ने तयारी सरकारको छ ।

आन्तरिक परामर्शमा गभर्नर

यता आफ्नो नाम एमालेको अर्थ तथा योजना विभागमा रहेको प्रसङ्गले देश तातेपछि गभर्नर महाप्रसाद अधिकारी पनि आन्तरिक परामर्शमा छन् । स्रोतका अनुसार उनले बुधबार केहि कानुन व्यवसायी, एमालेका नेताहरुसँग पनि यस विषयमा छलफल गरेका थिए । उनले सरकारले बर्खास्त गर्न सक्छ कि सक्दैन, गर्यो भने के गर्ने ? लगायतका विषयमा छलफल गरेको स्रोतको दाबी छ । एमालेको अर्थ तथा योजना विभागमा एम अधिकारी नाम देखिएपछि उनी अहिले विवादमा छन् । स्वयम् सोहि विभागका अन्य सदस्यले पनि महाप्रसाद अधिकारी नै सो विभागमा रहेको बताईरहेका बेला यो विषय झनै पेचिलो बनेको छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago