साङ्केितक तस्विर
पाल्पा ३१ जेठ ।
बगनासकाली बहुउद्देश्य सहकारी संस्था लिमिडेटबाट नगद रकम चाेरी भएकाे छ । सहकारीको कार्यालय कोठामा रहेको भल्ट र काउण्टर तोडफोड गरि नगद चोरी भएको सहकारीका अध्यक्ष कृस्ण भुसालले वताउनु भयाे । सहकारीका अनुसार बगनासकाली गाउँपालिका – ८ डढुवाडाँडा स्थितमा रहेकाे सहकारी संस्थाबाट नगद ५ लाख २७ हजार ३ सय ७३ रुपैयाँ चोरी भएको हाे ।
जिल्ला प्रहरी कार्यालय पाल्पा र अस्थायी प्रहरी चौकी भुसलडाँडाबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुको साथै थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाेछ । दोषी पत्ता लगाइ कारबाहीको माग गर्दै सहकारीले निवेदन पेस गरिसकिएको जनाएकाे छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…