लाइसेन्स परीक्षामा जम्मा करिब ३२ प्रतिशत डाक्टरहरू मात्र उत्तीर्ण

झापा । नेपाल मेडिकल काउन्सिलले हालसालै प्रकाशित गरेको लाइसेन्स परीक्षाको नतिजामा जम्मा करिब ३२ प्रतिशत डाक्टरहरू मात्रै उत्तीर्ण भएका छन्।

परीक्षार्थी डाक्टरमध्ये केवल एकतिहाईले मात्रै अब बिरामीको उपचार गर्न पाउने भएका छन्। काउन्सिलले वर्षमा तीन पटक अर्थात् प्रत्येक चार महिनामा एमबीबीएस र बीडीएस(डेन्टल साइन्स)को लाइसन्स परीक्षा लिने गर्छ।

तर पछिल्लो पाँच वर्षको तथ्याङ्क हेर्ने हो भने केही अपवादबाहेक अधिकांशजसो परीक्षामा परीक्षार्थीमध्ये आधाकै हाराहारीमा वा त्यो भन्दा कम डाक्टरले मात्रै लाइसेन्स परीक्षा उत्तीर्ण गरेका छन्। यस पटक करिब १५ सय डाक्टरले लाइसेन्स परीक्षा दिँदा दुईतिहाई जसो अनुत्तीर्ण भएका छन्।

त्यसरी अनुत्तीर्ण हुनेमा विगतमा पनि पटक पटक परीक्षा दिँदै आएका डाक्टरहरू रहेको काउन्सिलका रजिष्ट्रार डाक्टर कृष्णप्रसाद अधिकारीले बताए।त्यसरी पटक पटक परीक्षा दिने मेडिकल शिक्षाका स्नातकहरू धेरैजसो चीन, बंगलादेश, फिलिपिन्स, भारत लगायतका देशबाट पढेर फर्किएकाहरू रहेको मेडिकल काउन्सिलले जनाएको छ।

नेपालभित्रै अध्ययन गरेका कुन कुन मेडिकल कलेजका विद्यार्थीहरू धेरै उत्तीर्ण वा अनुत्तीर्ण हुन्छन् भन्ने तथ्याङ्क भने काउन्सिलले दिन अस्वीकार गरेको छ। तर वर्षेनि देखिँदै आएको लाइसेन्स परीक्षाको नतिजा निराशाजनक भन्दै अब चनाखो हुनुपर्ने देखाएको काउन्सिलका रजिष्ट्रार डाक्टर अधिकारी बताउँछन्।

Sanjay poudyal

Share
Published by
Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago