लाइसेन्स परीक्षामा जम्मा करिब ३२ प्रतिशत डाक्टरहरू मात्र उत्तीर्ण

झापा । नेपाल मेडिकल काउन्सिलले हालसालै प्रकाशित गरेको लाइसेन्स परीक्षाको नतिजामा जम्मा करिब ३२ प्रतिशत डाक्टरहरू मात्रै उत्तीर्ण भएका छन्।

परीक्षार्थी डाक्टरमध्ये केवल एकतिहाईले मात्रै अब बिरामीको उपचार गर्न पाउने भएका छन्। काउन्सिलले वर्षमा तीन पटक अर्थात् प्रत्येक चार महिनामा एमबीबीएस र बीडीएस(डेन्टल साइन्स)को लाइसन्स परीक्षा लिने गर्छ।

तर पछिल्लो पाँच वर्षको तथ्याङ्क हेर्ने हो भने केही अपवादबाहेक अधिकांशजसो परीक्षामा परीक्षार्थीमध्ये आधाकै हाराहारीमा वा त्यो भन्दा कम डाक्टरले मात्रै लाइसेन्स परीक्षा उत्तीर्ण गरेका छन्। यस पटक करिब १५ सय डाक्टरले लाइसेन्स परीक्षा दिँदा दुईतिहाई जसो अनुत्तीर्ण भएका छन्।

त्यसरी अनुत्तीर्ण हुनेमा विगतमा पनि पटक पटक परीक्षा दिँदै आएका डाक्टरहरू रहेको काउन्सिलका रजिष्ट्रार डाक्टर कृष्णप्रसाद अधिकारीले बताए।त्यसरी पटक पटक परीक्षा दिने मेडिकल शिक्षाका स्नातकहरू धेरैजसो चीन, बंगलादेश, फिलिपिन्स, भारत लगायतका देशबाट पढेर फर्किएकाहरू रहेको मेडिकल काउन्सिलले जनाएको छ।

नेपालभित्रै अध्ययन गरेका कुन कुन मेडिकल कलेजका विद्यार्थीहरू धेरै उत्तीर्ण वा अनुत्तीर्ण हुन्छन् भन्ने तथ्याङ्क भने काउन्सिलले दिन अस्वीकार गरेको छ। तर वर्षेनि देखिँदै आएको लाइसेन्स परीक्षाको नतिजा निराशाजनक भन्दै अब चनाखो हुनुपर्ने देखाएको काउन्सिलका रजिष्ट्रार डाक्टर अधिकारी बताउँछन्।

Sanjay poudyal

Share
Published by
Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago