जंगल लजमा प्रेमी शरदसँग गरिन् इन्दिरा जोशीले बिहे

काठमाडौं – गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग मंगलबार विवाह गरेकी छन् । चितवनको बाराही जंगल लजमा उनीहरुको विवाह भएको हो । विवाह समारोहमा दुवैतर्फका परिवार र आफन्त गरी ५० जनाको उपस्थिति रहेको थियो ।

आइतबार मेहेन्दी उत्सव गरेकी इन्दिराले मंगलबार विवाह गर्न लागेको जानकारी दिएकी थिइन् । इन्दिरा र शरदले आगामी तिहारपछि काठमाडौं र वीरगञ्जमा रिसेप्सन पार्टी दिने जनाइएको छ ।इन्दिरा र फेसन डिजाइनर शरद तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए । गत वर्ष माउन्ट एभरेस्ट फेसन रनवे कार्यक्रमको सिलसिलामा नाम्चे पुगेको बेला शरदले इन्दिरालाई विवाह प्रस्ताव राखेका थिए । इन्दिराले पनि सोही ठाउँमा विवाह प्रस्ताव स्वीकारेकी थिइन् ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago