स्याङ्जा समाज नागोयाले जमघट कार्यक्रम गर्ने

जापान – स्याङ्जा समाज नागोयाले जमघट तथा (BBQ )कार्यक्रम गर्ने भएको छ। जापानमा कोभिटका कारण लामो समय देखि भेला तथा जमघट हुन सकेको थिएन। स्याङ्जा समाज नागोयाले कार्यक्रम आयोजना गरे पनि उक्त कार्यक्रममा सबैको लाई प्रवेश खुल्ला गरिएको स्याङ्जा समाज नागोयाका महासचिव मनोज ढुङ्गानाले बताए ।

कार्यक्रम जुन २५ तारिक शनिवार नागोया स्थित तोदागावा र्योकुची पार्कमा हुने बताईएको छ। कार्यक्रम खानपिनको लागि मात्र नभई बिदेशमा कामको थकान कम गर्न तथा नेपाली – नेपाली बिचको सम्बन्ध प्रगाढ बनाउन कार्यक्रम आयोजना गरिएको सञ्चारकर्मि समेत रहेका स्याङ्जा समाज नागोयाका अध्यक्ष निशान रानाको भनाई छ।

साथै नेपालको मौलिक खेल खेल घौंटो फुटाई तथा बाल बालिकाका लागि बिभिन्न खेल खेल्ने व्यवस्था मिलाइएको बताइएको छ। BBQ कार्यक्रम दिउसो १२ बजे देखि ५ बजे सम्म हुने र कार्यक्रम स्थल सम्म पुग्न किन्तेचु लाईनको फुसिया स्टेशनबाट हिंडेर १५ मिनेट मात्र लाग्ने भएतापनि उपस्थित पाहुनाहरुको कार्यक्रम स्थल सम्मको जानको लागि फुसिया स्टेशनबाट निशुल्क बसको ब्यबस्था गरिएको अतिथि सस्कार संयोजक मित्रलाल सिग्देलले जानकारी गराए।

साथै प्राईबेट गाडीमा आउनेको लागि निशुल्क पर्किङ्को ब्यबस्था पनि रहेको बताइएको छ। BBQ कार्यक्रममा प्रवेशका लागि पुरुषको लागि ४ हजार येन र महिलाको लागि ३ हजार येन शुल्क तोकिएको छ। विद्यार्थीको लागि भने ३ हजार ५ सय येन र महिलाका लागि २ हजार ५ सय येन तोकिएको छ। नयाँ आएका विद्यार्थीका लागि भने सबैलाई प्रति व्यक्ति २ हजार येन शुल्क तिर्दा हुने बताईएको छ।

कार्यक्रम आयोजनाबाट बचत रकमबाट नागोयामा रहेका नेपालीका संघ -संस्थाका नेतृत्वहरुको लागि आधारभूत नेतृत्व विकास तालिमको आयोजना गरिने स्याङ्जा समाज नागोयाका कोषाध्यक्ष विदुर लम्सालले बताए। तालिममा सहभागी हुन प्रबेश निशुल्क गरिने बताइएको छ।स्याङ्जा समाज नागोया यस क्षेत्रमा सामाजिक गतिविधीमा अग्रणी स्थानमा रहदैं आएको छ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago