अबैध चिनि सहित दुई जना रुपन्देहीबाट प्रकाउ

बुटवल: आठ क्‍विन्टल चिनीसहित दुई जना रुपन्देहीबाट पक्राउ परेका छन् । सोमबार राति करिब १० बजे रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १ भच्कैयाबाट उनीहरू पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्बर २ का २२ वर्षीय मिनबहादुर रास्कोटीलाई पक्राउ गरेको हो ।

सालझण्डीबाट पाल्पातर्फ जाँदै गरेको लु ३ च ११३३ नम्बरको बलेरो पिकअपमा भन्सार राजश्व छलेर ल्याएको आठ क्‍विन्टल चिनी फेला पारी बरामद गरिएको प्रहरी निरीक्षक मरासिनीले जानकारी दिए । बरामद गरिएको उक्त चिनी रुपन्देहीको कन्चन गाउँपालिका वडा नम्बर १ हात्तीबजारस्थित सुमन पन्तले सञ्चालन गरेको आरती किराना पसल तथा सावित्री ट्रेडर्सबाट ल्याएको बताएपछि आरती किराना पसलमा गई खानतलासी गर्दा भन्सार छली गरी लुकाई राखिएको अवस्थामा थप तीन क्‍विन्टल चिनी बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक मरासिनीका अनुसार बरामद गरिएको एकलाख एकहजार दुईसय रुपियाँ बराबरको जम्मा ११ क्‍विन्टल चिनी भन्सार चलान गरी किराना पसलका सञ्चालक पन्त र गाडी चालकलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ ।

त्यस्तै प्रहरीले सोही किराना पसलमा खानतलासी गर्दा पाँच केजी र एक केजी प्याकेटमा प्याकिङ गरिएको अवस्थामा रहेको १३७ केजी इन्डिया गेट बास्मती चामल, म्याद गुज्रिएका ३२ प्याकेट हट एण्ड सिप चाउचाउ, ६०० मिलिलिटरका माउन्टेन ड्यू बोत्तल चारवटा समेत जफत गरेको प्रहरी निरीक्षक मरासिनीले जानकारी दिए ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago