शनिबारदेखि सीमामा रोकियो पेट्रोलियम पदार्थको ट्यांकर नेपाल भित्रिए

भैरहवा: शनिबारदेखि सीमामा रोकियो पेट्रोलियम पदार्थको ट्यांकर सोमबार अबेर भैरहवा भन्सार कार्यालय भित्रिएको छ । भारतीय भन्सार कार्यालयले एडी कोड नभएको भन्दै ३ दिनदेखि रोकेको ट्यांकर म्यानुअल रुपमा कोड प्रविष्ट गरेपछि साझ सवा ७ बजे नेपाल आएका हुन् ।

भारतीय भन्सार कार्यालयले प्रयोग गर्दै आएको सिस्टम अपडेट गर्दा नेपाल आउने पेट्रोलियम पदार्थ शनिबारदेखि सिमामा रोकिएको थियो । भारतीय भन्सार कार्यालयले एडी कोड प्रविष्ट गरेर मात्रै निर्यात दिने व्यवस्था अनिवार्य गरेपछि तेल आयात हुन सकेको थिएन। भारतीय आयल कर्पोरेसनले एडी कोड राख्नु पर्छ, शुक्रबारदेखि लागु भएको नयाँ व्यवस्था अनुसार कर्पोरेसनले कोड नराखिदिँदा नेपालतर्फ पेट्रोलको संचिति घटेको थियो ।

नेपाल आयल निगम प्रादेशिक कार्यालय भलवारीले भारतीय भन्सार कार्यालयमा प्रतिनिधि पठाएर म्यानुअल रुपमा काम अगाडि बढाएसँगै रोकिएका ट्यांकर नेपाल आएको कार्यालय प्रमुख नव विनोद पोखरेलले जानकारी दिए । तत्कालका लागि आइओसीले म्यानुअल गरिदिनका लागि भारतीय भन्सारलाई अनुरोध गरेपछि हाललाई नेपाल आउने पेट्रोलियम पदार्थको अवरोध हटेको छ । आइओसीले छिटै आफ्नो सिस्टम अपडेट गरेर अनलाइन मार्फत् आइसिई गेट पोर्टलमा बैक, एडी कोड, खाता नम्बर, लोकेशन सहितको डाटा प्रविष्ट गर्छ ।

भारतमा रोकिएको डिजल पेट्रोलको ७५ वटा ट्यांकर र ग्यासको ४८ वटा बुलेट नेपाल आएको छ । भैरहवा भन्सार कार्यालयले भन्सार प्रक्रिया पुर्‍याई तत्कालै ट्याङकरहरु गन्तव्यमा पठाउने भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी तीर्थराज पासवानले बताए ।

‘आइओसी सिस्टममा नजाँदा समस्या आएको हो, भन्सारले जति सक्दो छिटो आएका ट्याङ्कर भन्सार गरेर पठाउँछ’ उनले भने ।

नेपालमा आइओसि मार्फत् तेल आउने गर्छ, भारतीय आइसिर्ई गेट पोर्टलमा बैक, एडी कोड, खाता नम्बर, लोकेशन सहितको डाटा प्रविष्ट गर्नुपर्छ । जसका लागि अनिवार्य रुपमा चालु रहेको खाताको पासवुकको फोटो र खाता वाहकको बैकले जारी गरेको प्रमाण पत्र चाहिन्छ । यि प्रक्रिया अपनाएर आधिकारिक रुपमा दर्ता र अध्यावधिक गर्नु पर्छ ।

३ दिन तेल आयात रोकिँदा नेपाल तर्फ अभाव हुन थालेको थियो । डिजलको भण्डारण क्षमता भन्दा पेट्रोलको कम भएकोले बजारमा पेट्रोलको अभाव सृजना भइसकेको थियो । भन्सारबाट आएको टयाङ्करको तत्कालै प्रदेशिक कार्यालयले सम्बन्धित पेट्रोल पम्पमा राती नै पठाउने व्यवस्था मिलाएको छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago