सुनसरी: सुनसरीको कोसी गाउँपालिका–७ हरिपुर सडकखण्डमा आज बस दुर्घटना हुँदा चालकसहित २५ जना घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ६५६४ नंको बस अनियन्त्रित भई सडक छेउको खाल्डोमा खसेको थियो । विपरीत दिशाबाट आउँदै गरेको साइकलमा सवार यात्रुलाई जोगाउने क्रममा बस अनियन्त्रित भई दुर्घटनामा परेको अनुमान गरिएको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । घाइतेको जिल्ला अस्पताल इनरुवा, सैनिक अस्पताल इटहरी र विराटनगरमा उपचार भइरहेको छ । घाइतेमध्ये देवकुमारी चौधरी र भूराज खत्रीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…