काठमाडौँ: प्रमुख प्रतिपक्षी नेकपा एमालेले मुलुकलाई भूराजनीतिक द्वन्द्वतिर धकेल्ने काम सरकारले गरेको भन्दै आवश्यकताअनुसार आलोचना, विरोध र भण्डाफोर गर्ने निर्णय गरेको छ ।
सोमबार ललितपुरमा बसेको एमाले सचिवालय बैठकले पछिल्लो समय वर्तमान सरकारले बाह्य सम्बन्धहरूमा विचलन ल्याएको र मुलुकलाई भूराजनीतिक द्वन्द्वतिर धकेल्ने काम गरेको भन्दै आलोचना, विरोध र भण्डाफोर गर्ने निर्णय गरेको हो ।
स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति खलबलिएको अवस्थामा नेपालको स्वतन्त्रता सार्वभौमसत्तामा आँच आउन नदिन एमालेको भूमिकालाई प्रभावकारी बनाउने निर्णय भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
बैठकले स्थानीय तह निर्वाचनको गम्भीर रुपमा समिक्षा गरेको र निर्वाचनमा सत्तापक्षले राज्यसत्ताको दुरुपयोग गरेको भन्दै चिन्ता व्यक्त गरेको ज्ञवालीले बताए । उनले पपुलर मतमा एमाले कांग्रेसभन्दा अगाडि रहेको तर गठबन्धनका कारण पालिका प्रमुख तथा उपप्रमुखमा विगतको भन्दा कमजोर नतिजा आएको धारणा राखे ।
समयमै उम्मेदवार चयन गर्न नसक्दा, अकांक्षीहरुको व्यवस्थापन गर्न नसक्दा केही ठाउँमा पराजय भएको भन्दै उनले प्रमाणित तथ्य र पार्टीलाई हराएको पुष्टि हुनेलाई सम्बन्धित कमिटीले कारबाही गर्ने स्पष्ट पारे ।
यस्तै ज्ञवालीले एमाले मुलतः राष्ट्रिय शक्तिको रुपमा थप सुदृढ बनाउने अभियानमा रहेको तर वाम एकता सम्भव नरहेको धारणा राखे । उनले एमालेले कसैलाई प्रधानमन्त्रीको अफर गरेको चर्चामा सत्यता नरहेको बताए । त्यस्तै बैठकले असार २ र ३ गते एमालेका जनप्रतिनिधिहरूका लागि प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको उनले बताए ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…