एमालेले आवश्यकताअनुसार आलोचना, विरोध र भण्डाफोर गर्ने

काठमाडौँ: प्रमुख प्रतिपक्षी नेकपा एमालेले मुलुकलाई भूराजनीतिक द्वन्द्वतिर धकेल्ने काम सरकारले गरेको भन्दै आवश्यकताअनुसार आलोचना, विरोध र भण्डाफोर गर्ने निर्णय गरेको छ ।

सोमबार ललितपुरमा बसेको एमाले सचिवालय बैठकले पछिल्लो समय वर्तमान सरकारले बाह्य सम्बन्धहरूमा विचलन ल्याएको र मुलुकलाई भूराजनीतिक द्वन्द्वतिर धकेल्ने काम गरेको भन्दै आलोचना, विरोध र भण्डाफोर गर्ने निर्णय गरेको हो ।

स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति खलबलिएको अवस्थामा नेपालको स्वतन्त्रता सार्वभौमसत्तामा आँच आउन नदिन एमालेको भूमिकालाई प्रभावकारी बनाउने निर्णय भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकले स्थानीय तह निर्वाचनको गम्भीर रुपमा समिक्षा गरेको र निर्वाचनमा सत्तापक्षले राज्यसत्ताको दुरुपयोग गरेको भन्दै चिन्ता व्यक्त गरेको ज्ञवालीले बताए । उनले पपुलर मतमा एमाले कांग्रेसभन्दा अगाडि रहेको तर गठबन्धनका कारण पालिका प्रमुख तथा उपप्रमुखमा विगतको भन्दा कमजोर नतिजा आएको धारणा राखे ।

समयमै उम्मेदवार चयन गर्न नसक्दा, अकांक्षीहरुको व्यवस्थापन गर्न नसक्दा केही ठाउँमा पराजय भएको भन्दै उनले प्रमाणित तथ्य र पार्टीलाई हराएको पुष्टि हुनेलाई सम्बन्धित कमिटीले कारबाही गर्ने स्पष्ट पारे ।

यस्तै ज्ञवालीले एमाले मुलतः राष्ट्रिय शक्तिको रुपमा थप सुदृढ बनाउने अभियानमा रहेको तर वाम एकता सम्भव नरहेको धारणा राखे । उनले एमालेले कसैलाई प्रधानमन्त्रीको अफर गरेको चर्चामा सत्यता नरहेको बताए । त्यस्तै बैठकले असार २ र ३ गते एमालेका जनप्रतिनिधिहरूका लागि प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको उनले बताए ।

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago