काठमाडौं: प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको वडामा कांग्रेस पराजित भएको छ ।
डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ मा कांग्रेसले कारवाही गरेपछि नेपाली कांग्रेस (बीपी) तर्फ गएका उमेदवार नरेश भण्डारीले वडाको प्यानल नै जितेका हुन् । कांग्रेस सभापति देउवाकै वडामा भएको कांग्रेसको पराजयलाई कांग्रेसका निवर्तमान सभापति मल्लले भने प्रधानमन्त्रीको कर्मलाई जनताले दिएको जवाफका रुपमा अर्थ्याएका छन् ।
“आफू शक्तिमा हुँदा जनताप्रति र कार्यकर्ताप्रति कांग्रेस सभापति सम्माननीय शेरबहादुर देउवाले गर्नुभएको व्यवहारप्रति जनताको आक्रोस कति रहेछ भनेर उहाँलाई देखाइदिएका हुन्,” मल्लले भने, “मैले त आफैँ अन्यायमा पारेपछि अन्यायका विरुद्ध बोलेको मात्र हुँ । उहाँलाई जवाफ दिएको जनताले हो ।”
उनले न्याय गर्ने ठाउँमा बस्नेले नै अन्याय गरे भने अरुले त्यसविरुद्ध लड्न नसक्ने भन्दै जनताले मात्र त्यसको जवाफ दिन सक्ने बताए ।
तपाईंले सभापति देउवालाई महाधिवेशनमा लिएको निर्णयबाट पश्चाताप गराउन खोज्नुभएको हो भन्ने प्रश्नमा कर्णले देउवा ‘पश्चाताप गर्ने’ पात्र नभएको टिप्पणी गरे ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…