शेरबहादुर देउवाको वडामा कांग्रेस पराजित, नेपाली कांग्रेस (बीपी) तर्फ गएका उमेदवार नरेश भण्डारीले वडाको प्यानल नै जिते

काठमाडौं: प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको वडामा कांग्रेस पराजित भएको छ ।
डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ मा कांग्रेसले कारवाही गरेपछि नेपाली कांग्रेस (बीपी) तर्फ गएका उमेदवार नरेश भण्डारीले वडाको प्यानल नै जितेका हुन् । कांग्रेस सभापति देउवाकै वडामा भएको कांग्रेसको पराजयलाई कांग्रेसका निवर्तमान सभापति मल्लले भने प्रधानमन्त्रीको कर्मलाई जनताले दिएको जवाफका रुपमा अर्थ्याएका छन् ।

“आफू शक्तिमा हुँदा जनताप्रति र कार्यकर्ताप्रति कांग्रेस सभापति सम्माननीय शेरबहादुर देउवाले गर्नुभएको व्यवहारप्रति जनताको आक्रोस कति रहेछ भनेर उहाँलाई देखाइदिएका हुन्,” मल्लले भने, “मैले त आफैँ अन्यायमा पारेपछि अन्यायका विरुद्ध बोलेको मात्र हुँ । उहाँलाई जवाफ दिएको जनताले हो ।”
उनले न्याय गर्ने ठाउँमा बस्नेले नै अन्याय गरे भने अरुले त्यसविरुद्ध लड्न नसक्ने भन्दै जनताले मात्र त्यसको जवाफ दिन सक्ने बताए ।

तपाईंले सभापति देउवालाई महाधिवेशनमा लिएको निर्णयबाट पश्चाताप गराउन खोज्नुभएको हो भन्ने प्रश्नमा कर्णले देउवा ‘पश्चाताप गर्ने’ पात्र नभएको टिप्पणी गरे ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago