दार्चुला: अपिहिमाल गाउँपालिका वडा नम्बर १ मा गठबन्धनका पोखरसिंह लोथ्यालसहितको प्यानल विजयी भएको छ । लोथ्यालले १ सय ८३ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका भरतसिंह धामीले एक सय ५६ मत ल्याएका थिए । लोथ्याल कांग्रेसका तर्फबाट गठबन्धनका उम्मेदवार बनेका थिए ।
त्यस्तै, पालिकामा गठबन्धनको तर्फबाट अध्यक्ष नेकपा (माओवादी केन्द्र)का भगतसिंह ठेकरे बोहोराले दुई सय २ मत ल्याएका छन् । एमालेका धर्मानन्द मन्यालले एक सय २३, उपाध्यक्षमा कांग्रेसकी देवकी बोहोराले एक सय ६६ र एमालेकी उर्मीला बोहोराले एक सय २१ मत ल्याएकी छन् ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…