बिर्तामोड ,झापामा ७०.४७ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लामा ४ लाख ५५ हजार ४१७ मतदाताले मतदान गरेको सो कार्यालयले जनाएको हो ।
बिहान ७ बजे शुरु भएर निर्धारत समय साँझ ५ बजे सम्पन्न मतदानमा त्यति प्रतिशत मत खसेको निर्वाचन कार्यालय प्रमुख तुलसीकुमार नेपालले बताए । जिल्लाभर मतदान शान्तिपूर्ण सम्पन्न भएको उनले बताए । झापामा ६ लाख ४६ हजार २३४ जना मतदाता रहेका छन् । उनीहरुको लागि २८६ मतदानस्थल र ७५५ मतदान केन्द्र व्यवस्था गरिएको थियो ।

बिर्तामोडमा करिब ७१ प्रतिशत मत खसेको छ । बिर्तामोडमा ४० हजार ९ सय ६५ मत खसेको जनाइएको छ । जुन ७१ प्रतिशत भन्दा बढी हो । बिर्तामोडमा २८,५२६ पुरुष, २८,८८१ महिला र २ अन्य जना मतदाता रहेका छन् । उनीहरुको लागि १८ वटा मतदानस्थलमा ६४ मतदान केन्द्रको व्यवस्था गरिएको थियो । ती सबै मतदान केन्द्रहरुबाट मत पेटिका ल्याइसकिएको छ । अब मतगणना कहिलेदेखि गर्ने भन्ने विषयमा निर्णय गर्न सर्वदलीय बैठक राखिने भएको छ । शुक्रबार रातिबाटै मतगणना शुरु गरिने मुख्य निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेले बताए ।

त्यस्तै दमकमा १८ हजार ७१६ पुरुष , २१ हजार १७९ महिला , कनकाईमा १२ हजार ८३ पुरुष , १३ हजार ७६८ महिला , कचनकवलमा ११ हजार ५६१ पुरुष , १० हजार ११६ महिला , बुद्धशान्तिमा १२ हजार १८७ पुरुष , १३ हजार ९७ महिला , कमलमा १३ हजार ९१४ पुरुष र १२ हजार १२६ महिलाले मतदान गरेको नेपालले बताए । उनका अनुसार अन्य पालिकाको पनि विवरण संकलन गर्ने कार्य भइरहेको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago