एजेन्सी: श्रीलङ्कामा चरम आर्थिक सङ्कटका कारण औषधी अभाव हुन थालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अधिकारीहरूले विरामीलाई अत्यावश्यक पर्ने कतिपय औषधीको अभाव हुन थालिसकेकाले तत्काल व्यवस्था गर्न आग्रह गरेका हुन् । सरकारी अस्पतालहरूमा उपकरणको समेत अभाव भएको उनीहरुको भनाइ छ ।
अत्यावश्यक औषधी तथा उपकरणहरु छिमेकी तथा सहयोगी मुलुकहरुसँग तत्काल माग्नु पर्नेमा पनि उनीहरुले जोड दिएका छन्। एसियाली मुलुक श्रीलङ्कामा आर्थिक सङ्कटका कारण केही हप्तादेखि धेरै चिजको अभाव भइरहेको छ भने मूल्य बृद्धि पनि अत्यधिक भएको छ ।
अभाव र मूल्य बृद्धिको विरोधमा नागरिक आन्दोलन सुरु भएपछि राजनीतिक सङ्कट पनि थपिएको छ । तत्कालिन सबै मन्त्रीले राजीनामा दिएपछि अहिले केही नयाँ मन्त्री नियुक्त गरेर सरकार सञ्चालन भइरहे पनि प्रभावकारी काम हुन सकेको छैन ।
सरकारले समस्या समाधान गर्न ठोक कदम चाल्न नसकेको भन्दै सर्वत्र आलोचना समेत भइरहेको छ ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…