भैरवस्थान मन्दिरमा सर्वसाधारणको घुँइचो

पाल्पा: नयाँ वर्षका दिन बिहीबार पाल्पाको ऐतिहासिक एवं धार्मिकस्थल भैरवस्थान मन्दिरमा सर्वसाधारणको घुँइचो लाग्यो । एक सातादेखि क्षमा पूजा गरेको र माइको मूर्तिसमेत स्थापना गरिएकाले पनि सर्वसाधारणको भीड लागेको हो । मन्दिर व्यवस्थापन समितिले पञ्चवली चढाएको र क्षमा पूजा सकेपछि सर्वसाधारणका लागि खुल्ला गरिएको थियो ।

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, पुनर्निर्माण प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, गाउँपालिका अध्यक्ष नारायणबहादुर जीसीलगायतले पूजा दिएपछि सर्वसाधारणका लागि पालो दिइएको थियो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर अधिकारीका अनुसार कोरोना संक्रमणपछि पहिलो पटक यसरी मन्दिरमा भीड भएको हो ।
धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास भएको ऐतिहासिक भैरव मन्दिरको जीर्णोद्वार सकिएकाले पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले उद्घाटनसमेत गरे । पुनःनिर्माण प्राधिकरणको सहयोगमा पुरातत्व विभागले भैरव मन्दिरको जीर्णोद्वार गरेको हो । पछिल्लो पटक मुख्य मन्दिर जीर्णोद्वारका लागि ४ करोड ३४ लाख रुपैयाँको टेण्डर भएको थियो । त्यसअघि पनि ३ करोड बढी खर्च भइसकेको छ ।

‘धार्मिक तथा पर्यटकीय हिसाबले अत्यन्तै महत्वपूर्ण मन्दिर भएकाले यसबाट आन्तरिक पर्यटक अझ बढी भित्र्याउन मद्दत मिल्नेछ,’ उनले भने, ‘जीर्ण अवस्थामा पुनर्निर्माण प्राधिकरणबाट ठूलो बजेटको व्यवस्था गरिदिएपछि अहिले सुन्दर बन्न सफल भएको छ ।’ त्यसअघि पुरातत्व विभागले पटक-पटक गरी ७ करोड बढी खर्च गरिसकेको विभागका इन्जिनियर लक्ष्मण खनालले जानकारी दिए । नयाँ वर्षका अवसरमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीको पनि सहभागिता रहृयो ।
२०७५/७६ मा निर्माण सुरु गरेकोमा व्यवसायी तोकिएकै समयमा काम सम्पन्न गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । स्टिमेट रकम ४ करोड ३४ लाख ६० हजार भए पनि निर्माण व्यवसायीसँग २ करोड ६४ लाख २७ हजारमा सम्झौता भएको थियो । मन्दिरको २०७८ चैत ३० गतेसम्म कार्य सम्पन्न गर्नुपर्ने थियो । त्यसअघि पनि २ करोडको टेण्डर भएको थियो । पुरातत्व विभागले ५० लाख त्यसअघि नै पठाएको थियो । प्रदेश सरकार, स्थानीय तहले पनि गेट निर्माण लगायतमा खर्च गरेका छन् । पुरातत्व विभागको रेखदेखमा जीर्णोद्वार भएको मन्दिरको कोभिडका कारण ६ महिना म्याद थप पाएको पुरातत्व विभागका इन्जिनियर खनालले बताए ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago