भैरवस्थान मन्दिरमा सर्वसाधारणको घुँइचो

पाल्पा: नयाँ वर्षका दिन बिहीबार पाल्पाको ऐतिहासिक एवं धार्मिकस्थल भैरवस्थान मन्दिरमा सर्वसाधारणको घुँइचो लाग्यो । एक सातादेखि क्षमा पूजा गरेको र माइको मूर्तिसमेत स्थापना गरिएकाले पनि सर्वसाधारणको भीड लागेको हो । मन्दिर व्यवस्थापन समितिले पञ्चवली चढाएको र क्षमा पूजा सकेपछि सर्वसाधारणका लागि खुल्ला गरिएको थियो ।

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, पुनर्निर्माण प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, गाउँपालिका अध्यक्ष नारायणबहादुर जीसीलगायतले पूजा दिएपछि सर्वसाधारणका लागि पालो दिइएको थियो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर अधिकारीका अनुसार कोरोना संक्रमणपछि पहिलो पटक यसरी मन्दिरमा भीड भएको हो ।
धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास भएको ऐतिहासिक भैरव मन्दिरको जीर्णोद्वार सकिएकाले पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले उद्घाटनसमेत गरे । पुनःनिर्माण प्राधिकरणको सहयोगमा पुरातत्व विभागले भैरव मन्दिरको जीर्णोद्वार गरेको हो । पछिल्लो पटक मुख्य मन्दिर जीर्णोद्वारका लागि ४ करोड ३४ लाख रुपैयाँको टेण्डर भएको थियो । त्यसअघि पनि ३ करोड बढी खर्च भइसकेको छ ।

‘धार्मिक तथा पर्यटकीय हिसाबले अत्यन्तै महत्वपूर्ण मन्दिर भएकाले यसबाट आन्तरिक पर्यटक अझ बढी भित्र्याउन मद्दत मिल्नेछ,’ उनले भने, ‘जीर्ण अवस्थामा पुनर्निर्माण प्राधिकरणबाट ठूलो बजेटको व्यवस्था गरिदिएपछि अहिले सुन्दर बन्न सफल भएको छ ।’ त्यसअघि पुरातत्व विभागले पटक-पटक गरी ७ करोड बढी खर्च गरिसकेको विभागका इन्जिनियर लक्ष्मण खनालले जानकारी दिए । नयाँ वर्षका अवसरमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीको पनि सहभागिता रहृयो ।
२०७५/७६ मा निर्माण सुरु गरेकोमा व्यवसायी तोकिएकै समयमा काम सम्पन्न गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । स्टिमेट रकम ४ करोड ३४ लाख ६० हजार भए पनि निर्माण व्यवसायीसँग २ करोड ६४ लाख २७ हजारमा सम्झौता भएको थियो । मन्दिरको २०७८ चैत ३० गतेसम्म कार्य सम्पन्न गर्नुपर्ने थियो । त्यसअघि पनि २ करोडको टेण्डर भएको थियो । पुरातत्व विभागले ५० लाख त्यसअघि नै पठाएको थियो । प्रदेश सरकार, स्थानीय तहले पनि गेट निर्माण लगायतमा खर्च गरेका छन् । पुरातत्व विभागको रेखदेखमा जीर्णोद्वार भएको मन्दिरको कोभिडका कारण ६ महिना म्याद थप पाएको पुरातत्व विभागका इन्जिनियर खनालले बताए ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago