भरुवा बन्दुकको धरापमा परेर एक जना युवकको ज्यान गयो

बारा: बारामा जंगली जनावर मार्न थापेको भरुवा बन्दुकको धरापमा परेर एक जना युवकको ज्यान गएको छ । जितपुर सिमरा उपमहानगरपालिका १६ डकाहा टोलका इन्द्रबहादुर सिंजाली मगरको २८ वर्षीय छोरा सागर सिंजाली मगरको शिकारीले जंगली जनावर मार्न थापकेको बन्दुकको धरापमा परी विहीवार विहान ३ बजे मृत्यू भएको हो ।

बुधवार राती मगर आफना साथीहरुस“गै गाउ“ नजिकै रहेको दुधौरा खोलामा माछा मार्न गएका थिए । खोलामा माछा माछा मारि फर्किने क्रममा बन्दुकको धरापमा परेका जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक राजेश थापाले बताउनुभयो ।

घाईते मगरलाई स्थानीयको सहयोगमा उपचारको लागी बीरगंज स्थित वयोधा अस्पतालमा भर्ना गरिएको थियो उहाले भन्नुभयो, ‘उपचारको क्रममा मगरको बिहिवार विहान मृत्यू भएको हो । खोलामा पानी खान आउने आउने जनावरहरुको शिकार गर्न राखिएको बन्दुकबाट पछुटेको गोली लागी मगर गम्भिर घाईते भएका थिए ।’

मगर माछा मार्न गएका हुन् कि शिकार खेल्न खुल्न नसकेको प्रनाउ थापाले जानकारी दिनुभयो । ‘घटनाको कारण अहिले सम्म पता लाग्न सकेको छैन,’ उहा“ले भन्नुभयो, ‘ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेको छ ।’ घटनास्थमा पुगेको प्रहरी अधिकृत सहितको टोलीले घटनाबारे थप अनुसन्धान सुरु गरेको उहाले जानकारी दिनुभयो ।’

मृतकको शव वयोधा अस्पतालमै राखिएको र शव परिक्षण पश्चात अन्तिम संस्कारको लागी आफन्तको जिम्मा लगाईने प्रहरीले बारा प्रहरीले जनाएको छ ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका १६ नम्बर वडामा वन क्षेत्र अतिक्रमण गरी बसेको पिलुवा, टांगियावस्ती, डकाहा लगायतका बस्ती रहेका छन् ।

वन क्षेत्र नजिकै रहेका बस्तीका केही मानिसहरु घरेलु हातहतियार तथा भरुवा बन्दुकबाट वन्यजन्तुको चोरी शिकारी गर्दै आएको वनकर्मीको भनाई छ । उनीहरु यसरी नै रातको समयमा वन्यजन्तुको चोरी शिकारी तथा काठको चोरी तस्करी गर्ने गरेको वन अधिकारीहरुको बताउनुहुन्छ । वन छेउका बस्तीका मानिसहरुले वन ऐन नियम विपरित क्रियाकलाप रातको समयमा गर्ने गरेको र राजनीतिक संरक्षणका कारण उनीहरुलाई नियन्त्रण गर्न समेत कठिनाई हुने गरेको अधिकारीहरुले बताउनु भएको छ ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago