लुम्बिनीमा नयाँ वर्षलाई संगीतले स्वागत

लुम्बिनी: नयाँ वर्ष लक्षित गरेर रूपन्देहीका होटल तथा रेस्टुराँपिच्छे सांस्कृतिक कार्यक्रम गरिएका छन् । आन्तरिक पर्यटक आकर्षित गर्न यस्ता कार्यक्रम गरिएका हुन् । नयाँ वर्ष लक्षित गरेर होटलले विशेष सजावटसँगै रमझम कार्यक्रम गरेको जनाएका छन् । होटल तथा रेस्टुराँले नयाँ वर्ष प्याकेज घोषणा गरेका छन् । उक्त प्याकेजमा खाने, पिउने र रमाउने कार्यक्रम समेटिएका छन् । यहाँका व्यावसायिक संघसंस्थाले सडक खाना महोत्सव आयोजना गरेका छन् ।

नयाँ वर्ष लक्षित गरेर काठमाडौंलगायत मुलुकका विभिन्न सहरबाट पाहुना आएका छन् । तारे तथा स्तरीय होटलले पाहुना रिझाउने कार्यक्रम र लाइभ म्युजिकलाई जोड दिएका छन् । जिल्लाको तिलोत्तमा नगरपालिकास्थित ड्रिमल्यान्ड गोल्ड रिसोर्टले लाइभ म्युजिकको साथमा नयाँ वर्षलाई स्वागत गर्ने कार्यक्रम तय गरेको छ ।
उक्त रिसोर्टमा बास बस्न आउने पाहुनालाई लक्षित गरी नयाँ वर्ष रुम एण्ड फ्रुट्स बास्केट प्याकेज तय गरेको सञ्चालक गोपाल रानाले बताए । ‘बफेट स्न्याक्ससहित म्युजिकल नाइटमा मनोरञ्जन प्रदान गर्नेछौं,’ उनले भने, ‘हेल्थ क्लब र ब्रेकफास्टमा १५ प्रतिशत छुटको व्यवस्था पनि गरिएको छ ।’ सुपर डिलक्स रुम ६ हजार ५ सयमै बुक गर्ने सुविधा मिलाइएको उनले बताए । यसअघिका वर्षमा समेत सांगीतिक कार्यक्रम गरेर मनाउने गरिएको नयाँ वर्षमा बाहिरी पाहुनासँगै स्थानीयको समेत राम्रो उपस्थिति रहने उनी बताउँछन् ।

भैरहवामा रहेको बोधी रेडसन होटलमा ६ सय ९९ रुपैयाँमा अनलिमिटेड खान मिल्ने गरी प्याकेज बनाइएको छ । आन्तरिक तथा भारतीय पर्यटकलाई होटलमा स्वागत गर्ने गरी प्याकेज कार्यक्रम बनाइएको सेल्स म्यानेजर पूजा न्यौपानेले बताइन् । रेडसन पार्कसमेत सञ्चालनमा रहेकाले ग्राहकले गर्मी छल्दै नयाँ वर्षको मजा लिन सक्ने उनले बताइन् । देशैभरि शाखा विस्तार गरिरहेको होटल पौवाले बुटवल र भैरहवामा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । पौवामा निशान भट्टराई, मिलन नेवार, भानुभक्त ढकाल, बानिका प्रधान, राजनराज सिवाकोटी लगायतका कलाकारले मनोरञ्जन दिने उनले बताए । होटलले नयाँ वर्ष विशेष परिकारमार्फत ग्राहकको मन जित्ने होटलका ब्रान्ड म्यानेजर विष्णु भण्डारीले बताए ।

भलवारीस्थित होटल हिडन प्यालेसमा युवा वर्गमा परिचित अमध्येम ब्यान्डको प्रस्तुति रहने कार्यक्रम तय भएको सञ्चालक आभूषण खनालले बताए । उनका अनुसार चैत ३० गते ब्यान्डले ग्राहकलाई रमाइलो प्रदान गरेको छ । नयाँ वर्षको पहिलो दिनैभरि द ट्राभलर्स ब्यान्डले प्रस्तुति देखाउने उनले बताए । ‘यसपटक युवा लक्षित लाइभ ब्यान्डलाई जोड्दै छौं,’ उनले भने, ‘रुफ टप बार भएकाले युवा जमातको उपस्थिति बाक्लिँदै छ ।’ रुम सर्भिसमा पहिलेको दररेट घटाएर न्यु इयर अफर रेट राखिएको उनले बताए । होटलमा वैशाख १ गते बास बस्ने ग्राहक जोडीले ३ हजार रुपैयाँमा खाजासहित रुम पाउनेछन् ।

भैरहवामा सडकमा खाना महोत्सवसमेत आयोजना गरी नयाँ वर्षलाई स्वागत गरिएको छ । होटल तथा रेस्टुराँ व्यवसायी संगठन रूपन्देहीले भैरहवाको सडकमा बुधबार खाना महोत्सव आयोजना गरेको हो । महोत्सवमा होटलका विभिन्न स्टलमा परिकार पाके भने राष्ट्रिय कलाकार खुमन अधिकारी, सुमन थापालगायतले विभिन्न प्रस्तुति दिए । भैरहवाको सडकमा हजारौं मानिस नयाँ वर्षको पर्खाइमा रातभरि कार्यक्रममा झुमेका थिए । महोत्सवमा नेवारी, नेपाली, थारू, गुरुङ परिकारसमेत राखिएको थियो ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago