डोल्पामा उच्च घनत्वको फुजी स्याउ

रुकुम: डोल्पामा उच्च घनत्वको फुजी, गोल्डेन, डेलिसियस र स्टार रेड स्याउको परीक्षण थालिएको छ । ठूलीभेरी नगरपालिका–७ स्थित बागवानी विकास केन्द्रले स्याउको परीक्षणका लागि इटालीबाट बिरुवा ल्याएको हो । परीक्षणकै लागि केन्द्रले फुजी, गोल्डेन, डेलिसियस र स्टार रेड जातका स्याउ केन्द्रमा लगाइएको छ । जसको उत्पादन र स्वाद हेरेर अन्यत्र विस्तार गर्ने केन्द्रको योजना छ ।

केन्द्रका प्रमुख सम्पत्ति बुढाले सानो क्षेत्रमा धेरै फलाउन सकिने, स्याहारसुसार गर्न सजिलो हुने र लामो समय भण्डारण गर्न सकिने स्याउ भएकाले परीक्षण थालेको बताए । ‘यो स्याउका विशेषताका आधारमा परीक्षण थालेका हौं,’ प्रमुख बुढाले भने, ‘लगाएकै वर्ष केही त फलि पनि सक्यो, अब थप फलेपछि यसको खास परीक्षण हुन्छ ।’ उनले स्याउका करिब १ बोट परीक्षणका लागि लगाइएको बताए । उनका अनुसार सानो रुख र टिप्न पनि सजिलो हुने भएकाले उच्च घनत्वको स्याउको सम्भाव्यता अध्ययन गर्न थालिएको हो ।
जिल्लामा चिस्यान केन्द्र छैन । अरु स्याउ लामो समय राख्न सक्ने अवस्था पनि नभएकाले उच्च घनत्वको स्याउको विकल्प खोजिएको हो । परीक्षण लागि स्याउ लगाएको केन्द्रले बिरुवा पनि उत्पादन गरिरहेको छ । फुजीका ८०, गोल्डेनका ८०, स्टार रेडका ८० विरुवा केन्द्रमै तयार भइरहेका छन् । लगाइएका स्याउको उत्पादन र स्वाद राम्रो भएको प्रमाणित हुनेबित्तिकै बिरुवाहरू किसानलाई वितरण गरिने केन्द्र प्रमुख बुढाले बताए । उनका अनुसार चिस्यान केन्द्र अभावमा ती बिरुवा पनि केन्द्रले रुखका झ्याउमा उत्पादन गरिरहेको छ ।

डोल्पा कर्णालीका हिमाली जिल्लासरह नै स्याउ फल्ने जिल्ला हो । ठूलीभेरी नगरपालिका र त्रिपुरासुन्दरी नगरपालिकामा बढी मात्रामा स्याउ उत्पादन हुन्छ । अहिले डोल्पामा करिब ४ सय हेक्टरमा स्याउ लगाइएको जिल्ला केन्द्रले जनाएको छ । केन्द्रका अनुसार जिल्लाभरि नै स्थानीय जातका स्याउ लगाइएको हो । ढुवानी समस्याका कारण उत्पादन भएको सबै स्याउ बजार नपुग्ने ठूलीभेरी नगरपालिका–९ का लोकबहादुर डाँगीले बताए । ‘स्याउ त राम्रो फल्छ, तर बजारको समस्या छ,’ उनले भने, ‘सडकमार्फत स्याउ पुर्‍याउँदा कुहिने समस्या छ, जहाजमार्फत ढुवानी गर्दा महँगो हुन्छ ।’

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago