फागुन ३० गते, सोमबार स्पेशल प्रि ओपन सेसनमा जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेड (JALPA) को पहिलो कारोबार भएको छ।
यस दिन सो सेसनमा लघुवित्तको शेयर प्रति कित्ता ३१८ रुपैयाँ ६० मा पहिलो कारोबार भएको हो।
लघुवित्तले सर्वसधारणहरुलाई वितरण गरेको ५ लाख २२ हजार कित्ता र संस्थापकहरुले लगानी गरेको १० लाख ८७ हजार कित्ता गरी कुल १६ लाख कित्ता शेयर गत शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो।
लघुवित्तको शेयरलाई नेप्सेले प्रतिकित्ता न्युनतम १६४ रुपैयाँ ६० पैसा देखि ४९३ रुपैयाँ ८० पैसा ओपनिङ्ग रेन्ज प्रदान गरिएको थियो भने जेएएलपीए कारोबार संकेत प्रदान गरेको थियो।
फागुन २९ गते आइतबार, स्पेशल प्रि ओपन सेसनमा पहिलो कारोबार नभएपछि सो दिन नियमित बजारमा कारोबार हुन सकेको थिएन।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…