काम चोर ठेकेदार अवधि सकिनै लाग्दा १५ प्रतिशत मात्र, बुटवल-नारायणगढ सडक

बुटवल: निर्माणाधीन बुटवल-नारायणगढ सडक निर्माणको अवधि लम्बिने भएको छ । अत्यन्तै सुस्त गतिमा काम भएका कारण तोकिएको समयमा सडक निर्माण पूरा नहुने भएको हो । सडक निर्माण सुरु भएको तीन वर्ष नाघिसक्दा १५ प्रतिशत मात्र प्रगति भएको छ । जबकि सडक निर्माणको अवधि साढे तीन वर्ष तोकिएको थियो । आयोजना प्रमुख प्रदीप शाक्यका अनुसार कोरोना महामारी, रुख काट्न ढिलाइलगायतका कारणले गर्दा सडक निर्माण लम्बिने अवस्थामा पुगेको हो । ‘अब म्याद थपेर सडक निर्माण कार्य अगाडि बढाउनुको विकल्प छैन,’ उनले भने ।

यो सडक निर्माणको कुल लागत १७ अर्ब रुपैयाँ रहेको छ । एसियाली विकास बैंकले ८५ प्रतिशत रकम उपलव्ध गराउने र बाँकी रकम नेपाल सरकारकै लगानी हुनेछ । चाइना स्टेट कन्स्ट्रक्सनले निर्माण सुरु गरेको यो सडकको निर्माण दुई प्याकेजमा अगाडि बढाइएको छ । नारायणगढ-दाउन्ने ६५ किलोमिटर र दोस्रो प्याकेज दाउन्ने–बुटवल ४९ किलोमिटर बन्ने छ ।

दाउन्ने पश्चिमको सडकखण्ड हेर्दै आएका प्रमुख इन्जिनियर प्रदीप शाक्यले हालसम्म यो सडक खण्डमा १५ प्रतिशत मात्रै काम भएको जानकारी दिए ।

इन्जिनियर शाक्यका अनुसार अहिले करिव पाँचसय जना कामदारले साइट क्लियरको काम गरिरहेका छन् । रुपन्देही, नवलपरासी हुँदै चितवनसम्मको ११५ किलोमिटरको यो सडकको काम अहिलेसम्म ८० प्रतिशत सक्पन्न भैसक्नुपर्ने थियो ।

यो सडक निर्माणमा धेरै रुख काटिएको भन्दै संसदीय समितिले रुख काट्न स्वीकृति दिनेहरूमाथि छानविन गर्न निर्देशन दिएको छ । गलत आँकडा दिएर आयोजनाको काम नै प्रभावित गर्न खोजिएको भन्दै समितिले छानविनको निर्देशन दिएको हो । २०७५ पुसमा ठेक्का सम्झौता भएको यो सडक २०८० साउन २२ सम्म निर्माण सक्नुपर्ने उल्लेख छ ।

तर निर्माण कम्पनीले २०८२ साउनसम्म निर्माण सक्नेगरी पत्र पठाएको आयोजना प्रमुख इन्जिनियर शाक्यले बताए । बुटवलदेखि नारायणगढसम्मको यात्रा साढे दुई घण्टा रहेकोमा अहिले भने ६-*७ घण्टासम्म लाग्ने गरेको यात्रुहरु बताउँछन् । यो सडकमा दैनिक करि सातहजार सवारी साधन ओहोर दोहोर गर्छन् । नवलपुर क्षेत्रमा पनि सडक निर्माणको काम कछुवा गतिमा छ ।

सडकको पुर्वी खण्डका आयोजना प्रमुख रमेशकुमार दृष्टिले यो खण्डमा साढे १२ प्रतिशत मात्र काम सम्पन्न भएको जानकारी दिए । आर्थिक केन्द्र बुटवल र पर्यटकीय केन्द्र नारायणगढलाई फास्टट्रयाक सडकले जोड्ने गरी यो सडक बिस्तारको काम सुरु भएको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलले २०७५ चैत ८ गते बुटवलको राजमार्ग चौराहामा सडक विस्तारको शिलान्यास गरेका थिए ।

Kamal Panthi

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago