काम चोर ठेकेदार अवधि सकिनै लाग्दा १५ प्रतिशत मात्र, बुटवल-नारायणगढ सडक

बुटवल: निर्माणाधीन बुटवल-नारायणगढ सडक निर्माणको अवधि लम्बिने भएको छ । अत्यन्तै सुस्त गतिमा काम भएका कारण तोकिएको समयमा सडक निर्माण पूरा नहुने भएको हो । सडक निर्माण सुरु भएको तीन वर्ष नाघिसक्दा १५ प्रतिशत मात्र प्रगति भएको छ । जबकि सडक निर्माणको अवधि साढे तीन वर्ष तोकिएको थियो । आयोजना प्रमुख प्रदीप शाक्यका अनुसार कोरोना महामारी, रुख काट्न ढिलाइलगायतका कारणले गर्दा सडक निर्माण लम्बिने अवस्थामा पुगेको हो । ‘अब म्याद थपेर सडक निर्माण कार्य अगाडि बढाउनुको विकल्प छैन,’ उनले भने ।

यो सडक निर्माणको कुल लागत १७ अर्ब रुपैयाँ रहेको छ । एसियाली विकास बैंकले ८५ प्रतिशत रकम उपलव्ध गराउने र बाँकी रकम नेपाल सरकारकै लगानी हुनेछ । चाइना स्टेट कन्स्ट्रक्सनले निर्माण सुरु गरेको यो सडकको निर्माण दुई प्याकेजमा अगाडि बढाइएको छ । नारायणगढ-दाउन्ने ६५ किलोमिटर र दोस्रो प्याकेज दाउन्ने–बुटवल ४९ किलोमिटर बन्ने छ ।

दाउन्ने पश्चिमको सडकखण्ड हेर्दै आएका प्रमुख इन्जिनियर प्रदीप शाक्यले हालसम्म यो सडक खण्डमा १५ प्रतिशत मात्रै काम भएको जानकारी दिए ।

इन्जिनियर शाक्यका अनुसार अहिले करिव पाँचसय जना कामदारले साइट क्लियरको काम गरिरहेका छन् । रुपन्देही, नवलपरासी हुँदै चितवनसम्मको ११५ किलोमिटरको यो सडकको काम अहिलेसम्म ८० प्रतिशत सक्पन्न भैसक्नुपर्ने थियो ।

यो सडक निर्माणमा धेरै रुख काटिएको भन्दै संसदीय समितिले रुख काट्न स्वीकृति दिनेहरूमाथि छानविन गर्न निर्देशन दिएको छ । गलत आँकडा दिएर आयोजनाको काम नै प्रभावित गर्न खोजिएको भन्दै समितिले छानविनको निर्देशन दिएको हो । २०७५ पुसमा ठेक्का सम्झौता भएको यो सडक २०८० साउन २२ सम्म निर्माण सक्नुपर्ने उल्लेख छ ।

तर निर्माण कम्पनीले २०८२ साउनसम्म निर्माण सक्नेगरी पत्र पठाएको आयोजना प्रमुख इन्जिनियर शाक्यले बताए । बुटवलदेखि नारायणगढसम्मको यात्रा साढे दुई घण्टा रहेकोमा अहिले भने ६-*७ घण्टासम्म लाग्ने गरेको यात्रुहरु बताउँछन् । यो सडकमा दैनिक करि सातहजार सवारी साधन ओहोर दोहोर गर्छन् । नवलपुर क्षेत्रमा पनि सडक निर्माणको काम कछुवा गतिमा छ ।

सडकको पुर्वी खण्डका आयोजना प्रमुख रमेशकुमार दृष्टिले यो खण्डमा साढे १२ प्रतिशत मात्र काम सम्पन्न भएको जानकारी दिए । आर्थिक केन्द्र बुटवल र पर्यटकीय केन्द्र नारायणगढलाई फास्टट्रयाक सडकले जोड्ने गरी यो सडक बिस्तारको काम सुरु भएको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलले २०७५ चैत ८ गते बुटवलको राजमार्ग चौराहामा सडक विस्तारको शिलान्यास गरेका थिए ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago