प्रस्तावित लाभांश आज पारित हुँदै , नेशनल हाइड्रोपावर

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीको वार्षिक साधारणसभा आज फागुन ३० गते गर्दैछ । कम्पनीले चुक्ता पूँजीको १९ दशमलव ५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले १८ दशमलव ५२५ प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.९७५ प्रतिशत नगद लाभांश सहित १९ दशमलव ५ प्रतिशत लाभांश दिने भएको हो ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन १३ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा आज फागुन १२ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले बोनश शेयर वितरण पछि कामय पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त बोनश शेयर तथा हकप्रद शेयर निष्काशनको प्रस्ताव पारितका लागि सभाले सञ्चालक समितिमा ७ जना सञ्चालकको निर्वाचन गर्ने भएको छ । कम्पनीले सुनकोशी हाइड्रोपावर कम्पनीलाई २५ प्रतिशतमा खरिद गर्ने विशेष प्रस्ताव पनि सभामा लैजाने भएको छ ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago