३० क्षेप्यास्त्र प्रहार, कम्तीमा ३५ जनाको मृत्यु, युक्रेनी सैन्य तालिम केन्द्रमा आक्रमण

युक्रेन: रुसले युक्रेनमाथिको आक्रमण बढाउँदै लगेको छ । आक्रमण थालेको १८ औं दिनमा रुसी फौजले पोल्यान्डको सीमानजिकैको सैनिक तालिम केन्द्रमा दर्जनौं क्षेप्यास्त्र प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
युक्रेनी अधिकारीले आक्रमणमा तालिम केन्द्रमा निकै क्षति पुगेको र कम्तीमा ३५ जनाको ज्यान गएको जनाएका छन् । १ सय ३५ जनाभन्दा बढी घाइते छन् । उक्त तालिम केन्द्रमा उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) का केही प्रशिक्षकहरूले तालिम दिने गरेका थिए ।
त्यसैगरी रुसी फौजले पश्चिमी सहर इभानो–फ्रांकिभ्क्सस्थित विमानस्थलमा पनि आक्रमण गरेका बीबीसीले जनाएको छ । रुसी फौजले केही दिनयता युक्रेनको राजधानी किभलक्षित आक्रमण तीव्र पारेका छन् । किभभन्दा करिब २५ किलोमिटरको दूरीमा रहेको रुसी सेनाको ठूलो जत्थाले लगातारजसो क्षेप्यास्त्र प्रहार गरिरहेका छन् ।

खर्किभ, मरिउपोल, माइकोलेभ र सुमी सहर रुसी सेनाको घेराबन्दीमा छन् । ती सहरका बासिन्दा कठ्यांगि्रँदो चिसोमा विद्युत् र खानेपानीको आपूर्तिबिना बस्न बाध्य भएका बीबीसीले जनाएको छ । त्यसैगरी, निकोलेभ, निप्रो र क्रोपिभिन्टस्की सहरमा पनि रुसी सेनाले आक्रमण जारी राखेका छन् ।

युक्रेनी नागरिकहरू रुसी घेराबन्दीमा परेका सहरबाट सुरक्षित स्थानमा जाने प्रयास गरिरहेका जनाइएको छ । ठूलो आक्रमणमा परेका सहरहरू मरिउपोल, सुमी र किएनजिकैका क्षेत्रबाट सर्वसाधारणलाई निकाल्न केही मार्ग खुला गरिएको छ । रुसी सेनाले मरिउपोलको पूर्वी क्षेत्र कब्जा गरेको छ । युक्रेनी सेना भोल्नोभाख सहरबाट भागेका छन् । भूउपग्रह तस्बिरमा ती क्षेत्रका सहरमा आवासीय भवन तथा पूर्वाधारमा व्यापक क्षति भएको देखिन्छ ।

रुसी फौजले आक्रमण सुरु गरेयता युक्रेनबाट २५ लाख मानिस विस्थापित भइसकेका छन् । संयुक्त राष्ट्रसंघका अनुसार तीमध्ये १६ लाखभन्दा बढी मानिस पोल्यान्ड पुगेका छन् । २ लाख ७० हजार युक्रेनी मोल्दोभा पुगेका छन् । शरणार्थी आउने क्रम जारी रहेको भन्दै मोल्दोभा सरकारले अन्तर्रााष्ट्रिय सहयोगका लागि आग्रह गरेको छ । युद्धका क्रममा १ हजार ३ सय युक्रेनी सैनिक र करिब १२ हजार रुसी सैनिकको मृत्यु भएको युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् । कम्तीमा ५ सय रुसी सैनिकले युक्रेनमा आत्मसमर्पण गरेका उनको दाबी छ । तर यसको पुष्टि हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकाले दुई साताको युद्धका क्रममा ६ हजार रुसी सैनिकले ज्यान गएको अनुमान गरेको थियो ।

जेलेन्स्कीले युद्धमा ठूलो संख्यामा रुसी सैनिकले ज्यान गुमाएका भए पनि आफू खुसी नभएको बताएका छन् । ‘उनीहरूले अनुमानित १२ हजार जना गुमाउँदा मलाई प्रसन्नता छैन, विश्वलाई हेर्ने मेरो दृष्टिकोण त्यस्तो छैन,’ उनले भने ।

यसैबीच, रुसी फौजले दक्षिणी सहर डिनिप्रोरुड्नेका मेयरलाई नियन्त्रणमा लिएको छ । युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले मेयर एभ्हेन मत्भेएमलाई रुसी सेनाले आइतबार नियन्त्रणमा लिएको पुष्टि गरे । उनी तीन दिनको अवधिमा रुसी सेनाको नियन्त्रणमा पर्ने दोस्रो मेयर हुन् ।

‘रुसी युद्ध अपराधीले मत्भेएमलाई नियन्त्रणमा लिए,’ कुलेबाले भनेका छन् । युक्रेनी अधिकारीहरूले भने मेयरलाई ‘अपहरण गरिएको’ भन्दै आक्रोश व्यक्त गरेका बीबीसीले जनाएको छ । यसअघि रुसी सेनाले दक्षिणी क्षेत्र मेलिटोपलका मेयरलाई शुक्रबार नियन्त्रणमा लिएको थियो ।

युक्रेनका राष्ट्रपति जेलेन्स्की र युक्रेनी अधिकारीहरूले १० जनाको समूहले मेलिटोपोलका मेयर इभान फेडोरोभलाई अपहरण गरेको बताएका थिए । ‘शत्रुलाई सहयोग गर्न इन्कार गरेपछि मेयरहरूलाई अपहरण गरिएको’ युक्रनी अधिकारीहरूको दाबी छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago