बागमती प्रदेशको आयोजनामा भएको प्रथम खेलकुद प्रतियोगिता, ललितपुरको विजयी सुरुवात

२०७८, ३० फाल्गुन सोमबार ०६:०९

हेटौडा: प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको प्रथम खेलकुद प्रतियोगिताको पुरुष फुटबल प्रतियोगिता अन्तर्गत ललितपुर जिल्लाले विजयी सुरुवात गरेको छ । आइतबार हेटौंडाको क्याम्पा रंगशालामा ललितपुर र चितवनबीच भएको खेलमा १–० गोल अन्तरले चितवनलाई पराजित गर्दै ललितपुर जिल्लाले आफ्नो विजयी सुरुवात गरेको हो । पहिलो हाफ गोल रहित सकिएपनि खेलको दोस्रो हाफको ६८ मिनेटमा ललितपुरका बसन्त तामाङले गरेको गालेनै ललितपुरका लागि निर्णायक गोल बन्नपुग्यो । सोमबार दुईवटा खेल हुनेछन् । पहिलो खेल रामेछाप र सिन्धुपाल्चोकबीच हुनेछ भने दोस्रो खेल मकवानपुर र नुवाकोटबीच प्रतिस्पर्धा हुने फुटबल खेल संयोजक कल्पना शर्माले बताउनुभयो ।

त्यस्तै आइतबार भएको ब्याटमिन्टन प्रतियोगितामा चितवन, सिन्धुली, रसुवा, काभ्रेपलान्चोक, ललितपुर, रामेछाप, धादिङ र नुवाकोट जिल्ला क्वाटरफाइनलमा प्रवेश गरेका छन् । आइतबार ३० वटा खेल खेलाइएको थियो । सबै खेलहरूमा सोझो सेटले विजयी भएको अफिसियल राम विनय श्रेष्ठले बताउनुभयो ।

चितवनले काठमाडौंलाई, काभ्रेले मकवानपुरलाई, ललितपुरले सिन्धुपाल्चोकलाई, रामेछापले दोलखालाई, भक्तपुरलाई धादिङले पराजित गरेको श्रेष्ठले जानकारी गराउनुभयो । एकल खेलाडी र डबल खेलाडीबीच खेल खेलाइएको थियो । महिला तर्फभने चितवन, धादिङ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, नुवाकोट, मकवानपुर र दोलखा जिल्ला क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार बिहानबाट क्वाटरफाइनलका खेल खेलाइने जनाइएको छ ।

मकवानपुरमा आइतबारबाट फुटबल र व्याडम्निटन खेल सुरु भएको छ भने चैत ५ गतेबाट तेक्वान्दो प्रतियोगिता सुरु हुनेछ । त्यस्तै, चितवनमा सोमबारबाट भलिबल र क्रिकेट खेल खेलाइने परिषद्का सदस्य सचिव सूर्यलाल भणडारीले बताउनुभयो ।

त्यस्तै, सिन्धुपाल्चोकमा चैत ७ गतेबाट कराँते खेल हुनेछ भने काठमाडौंमा चैत ६ गतेदेखि एथलेटिक्स प्रतियोगिता हुने परिषदले जनाएको छ । यस्तै, काभ्रेमा भने चैत ७ गतेदेखि महिला फुटबल र ९ गतेदेखी बक्सिङ खेल प्रतियोगिता हुने सदस्य सचिव भण्डारीले जानकारी गराउनुभयो

प्रतियोगिताको लागि आठ करोड चार लाख रकम खर्च हुने अनुमान गरिएकोे छ । विभिन्न खेलमा करिब दुई हजार भन्दाबढी खेलाडीले सहभागिता जनाउनेछन् । खेलको समापन कार्यक्रम १२ गते शनिबार काभ्रेको धुलिखेलमा हुनेछ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु