प्रेमिल जोडी, प्रणय दिवस र रानिघाट दरबार, रानिमहल

भविन्द्र गौतम,
फागुन २, पाल्पा ।
भ्यालेन्टाईन डे अर्थात् प्रणय दिवस । गुलावको फूल उपहार दिएर प्रेम प्रस्ताव गर्ने दिन । युवापुस्तामा बढी लोकप्रिय छ फ्रेबुअरी १४ । आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदैछ । भ्यालेन्टाइन डे रोमन साम्राज्यको समय हो जब यसले भ्यालेन्टाइन नामका पादरीलाई सैन्य शासनको अवज्ञा गरेको र युवाहरूलाई प्रेम सम्बन्ध र विवाहको लागि प्रोत्साहित गरेकोमा मृत्युदण्ड दिएको थियो। नेपालमा पछिल्लो समय भ्यालेन्टाइन डेको प्रचलन बढ्दै गएको छ ।

श्रीमान श्रीमतीहरुले एकअर्कालाई उपहार आदनप्रदान गरेर मनाउने दिन हो आजको दिन । मन परेको व्यक्तिलाई आफ्नो अव्यक्त प्रेमका बारेमा जानाकारी गराउने दिनको रुपमा समेत प्रणय दिवसलाई लिईन्छ । प्रेमीकाले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरेका छन् । यहि प्रेम व्यक्त गर्ने स्थानको खोजी भैरहेको हुन्छ पार्क, शान्त स्थान, सार्वजनिक मठ मन्दिर तथा भिलेजहरु । यहि बिचमा नयाँ प्रेमील जोडीको गन्तव्यको स्थान बनेको छ, पाल्पाको कलिगण्डकी नदिको किनारमा अवस्थित रानिघाट दरबार रानीमहल ।

प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको यो दिनमा नेपाल लगायत विश्वभर एकआपसमा प्रेम साटासाट गरेर यो दिवस मनाईंदै छ । ईशापूर्व ३५० अघि इटलीका तत्कालिन शासक क्लाउडियसले प्रेमका पूजारी सन्त भ्यालेनटाईनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो । पश्चिमा देशहरुमा धुमधामसँग मनाईने भ्यालेन्टाईन डे लाई नेपालमा पनि युवा पुस्ताले ठूलै महत्व दिन थालेका छन् ।

प्रेम मधुरतम भाव हो । प्रेममा विश्वास हुन्छ । यही विश्वासमा संसार चलेको छ । प्रेमको कुनै रुप, तौल, आकार प्रकार हुँदैन । त्यसैले यसलाई बुझ्ने र बुझाउने तरिका फरक फरक हुन्छ । हरेक व्यक्तिमा प्रेम हुन्छ तर यसलाई प्रस्तुत गर्ने शैली भिन्न हुन्छ । प्रेम शब्द सदैव सकरात्मक हुन्छ । खुसी, आनन्द, शक्ति तथा उत्साह दिने भावना हो प्रेम । भनिन्छ प्रेम विनाको मानिस अन्धो हुन्छ । प्रेमबिनाको जीवन असन्तुलित हुन्छ । तर प्रेम शब्द आजकाल युवायुवति बिचको मायाको रुपमा परिभाषित हुँदै गएको छ । प्रेम सबैचिज होईन तर केही चिज हो भन्नेहरु पनि छन् । तर प्रेम पुरुष र स्त्री बिचको कुरा मात्र भने होईन । सोचविचार तथा भावना मिलेर प्रेम हुन्छ भनिन्छ । दुई आत्मा बिचको मिलान प्रेम हो भने प्रेम जीवनको मौलिक भोक हो । प्रेमले नै जीवनको विजारोपण हुन्छ ! प्रेम मात्र दुई युवायुवतीबीचको क्षणिक आकर्षण होइन । मानिसलाई जीवन्तता प्रदान गर्ने एक एक तत्व पनि हो । साँच्चिकै भन्ने हो भने प्रेम गर्नलाई कुनै विशेष दिनको आवश्यकता पर्दैन र प्रेम यो दिन यो ठाउँमा र यो व्यक्तिसँग गर्छु भनेर सायद हुँदैन । तर पनि यसका लागि उचित स्थान खोजी गर्नेहरुको सूची भने लामो नै हुन्छ । यसको एउटा उचित स्थान हो शान्त, रमणीय, पानीमाथि तैरिरहेको देखिने रानिमहल ।

पुरानै शैलीमा रङ्गरोगन नगर्दैको रनिमहल, फाइल तस्बिर

प्रेमका निःशब्द अभिव्यक्तिले रानिमहल पुग्ने जोकोहीलाई द्रविभूत मात्र बनाउँदैन, स्पष्ट सन्देश दिन्छ । संसार प्रेमको मन्दिर हो । प्रेमलाई समाजले खुला र उन्मुक्त देख्न चाहँदैन । त्यसैले प्रेमलाई साट, अभिव्यक्त गर र विश्वासको कसि लगाउ । प्रेमको भोक सबैमा छ त्यसैले त लुकाएर प्रकट गर्नुपर्छ । जीवात्मा र परमात्मालाई जोड्ने पुल हो प्रेम । न की यसलाई वासना तृप्त गर्ने सजिलो साधन बन्नु हुँदैन । आजकल शरीर, इन्द्रिय, मन, बुद्धि, धन, पदसँग गाँसिएको छ, प्रेम । त्यसैले अपेक्षा, माया, मोह र मानशिक तथा शारिरिक सम्बन्धसँग गाँस्न थालिएको । अतृप्ति वासनाजन्य प्रेममा समाजको पनि समर्थन छैन र एकान्त स्थानको आवश्यकता बोध हुन पुग्यो । प्रेम प्रकट गर्ने अवसर नपाएकै कारण समाजमा विकृति फैलिएको कतिपयको बुझाई छ । प्रेमलाई नियन्त्रण गर्नुभन्दा उजागर गर्नु नै उत्तम ठानिन्छ । तर विज्ञान र प्रविधिको बढ्दो परिवर्तनले यसमा समस्या निम्त्याउने खतरा बढेको छ । प्रणय दिवस वा प्रेम दिवस विश्वभर मनाइने दिवस हो । विश्वभर आज भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस मनाइँदैछ । त्यसैले त आज माया साटासाट हुँदैछ ।

नेपालमा पछिल्लो समय प्रणय दिवस मनाउने चलन निकै बढेर गएको छ । सच्चा प्रेमको प्रतिक ठानिने रानिमहलमा यो दिवसमा दिन प्रेम जोडीहरुको प्रमुख गन्तव्य बन्ने गरेको छ । १९५० सालमा पाल्पा गौडाका तैनाथवाला प्रधान सेनापति खड्ग शमसेरले आफ्नी दिवंगत रानि तेजकुमारीको सम्झनामा रानिमहल निर्माण गरेका थिए । तानसेन नगरपालिकाको बौघागुम्हा र बगनासकाली गाउपालिका, खानीगाउँ बिचमा अवस्थित छ रानीमहल । कालीगण्डकीको किनारमा बनाइएको ताजमहल जिल्ला सदरमुकाम तानसेनदेखि १४ किलोमिटर उत्तरमा छ । यहि स्थानमा सच्चा जोडिहरु आफ्ना अतितलाई सम्झँदै वर्तमानमा टेकेर भविष्यको कल्पनाका लागि आउने गर्दछन् । वर्षमा एक दिन सच्चा प्रेम र आस्था प्रकट गर्ने दिनका रुपमा नेपालमा पनि प्रणय दिवस मनाउन थालिएको हो ।
किशोरावस्थाका युवा युवतिहरुले माया पीरति साटासाट गर्ने, मनमा गुम्सिएका भावनाहरु र तरङ्गहरुलाई उत्प्रोत गर्ने पर्वका रुपमा पनि यसलाई लिन थालिएको छ आजको दिनलाई । पारिवारिक माया ममता भन्दा पनि भिन्दै आभाष गर्ने मायालाई दुई आत्माको मिलन मानिन्छ । जब कुनै व्यक्ति माया पिरतिको जालोमा अल्झिएको हुन्छ उसको संसार त्यसैमा रोमलिन थालेको हुन्छ । १९५० सालमा शिलान्यास गरि १९५४ सालमा कालिगण्डकी नदिको बिसाल  चट्टान माथि पश्चिमी कला कौशलको बेजोड नमूनाले सिंगारेर बनाईएको छ नेपालको ताजमहलअर्थात रानिमहल । यहि स्थानमा एक्लै रात बिताउँदा खड्ग समशेर कहिलेकहिले आफ्नी दिवंगत रानिलाई सम्झँदै भावविह्वल हुँदै मध्यरातमा रुँदै चिच्याउँथे भन्ने पनि गरिन्छ । १९६० सालमा खड्ग समशेरले श्री ३ को पद र उपत्यका कब्जा गर्ने सड्यन्त्र गर्यो भन्ने श्री ३ चन्द्र समशेरले थाहा पाए । चन्द्र शमसेरले पाल्पामा सेना पठाइ तैनाथि आफ्नो हातमा लिए । आफुमाथि खतराको घण्टि बज्ने लक्षण देखा परेपछि सरकारी ढुकुटि लिएर उनि भारत पलायन भए । त्यसै दिनदेखि प्रेमको प्रतिक ठानिएको दरबार आजसम्म एक्लो अवस्थामा रहेको छ । तर वर्षमा एक दिन आइपुग्ने प्रणय दिवसका अवसरमा भने यो महलले राम्रै महत्व पाउने गरेको छ ।
पाल्पा र स्याङ्जाको सीमानामा पर्ने यो दरबार खड्ग शमसेरले युयानी शैलीमा बेलायती इन्जीनियरको डिजाईन अनुसार बनाएका हुन् । कालीगण्डकी जलविद्युत् आयोजनाले स्याङ्जाको मिर्मीमा पानी नथुन्दै यहाँ विदेशी पर्यटकको ओइरो लाग्दथ्यो । जुन समय दरबारलाई स्याङ्जाबाट झ्वाट्ट हेर्दा कालिगण्डकी माथि तैरिए जस्तो देखिन्थ्यो । अहिले यो किनारमा छ । दरबारको जगबाट कालीनदी बगेपनि हालसम्म दरबारलाई भने कुनै क्षति पुर्‍याएको भने छैन । करीब ११ रोपनी क्षेत्रफलमा रहेको नेपालको यो ताजमलमा २४ वटा कोठा रहेका छन । ताजमहलको परिसरमा मनमोहक बगैंचा, शिवलालय, पानीपोखरी, शिबलिङमा नागनागिनीले जल शेचनको दृश्य, भान्सा घर, घोडा बाध्ने तबेला ठूला घण्टहरु सहितको विभिन्न आकर्षक कलाकृतिहरु देख्न सकिन्छ ।

दरबारको बर्तमान अवस्था

नेपालको ताजमहल भनेर चिनिने रानीमहललाई जिल्ला सदरमुकाम तानसेनबाट सडक सञ्जालले जोडेको छ । कालीगण्डकी करिडोरसँग यसको सम्बन्ध स्थापित भएको छ । त्यसैले त रानीमहल पुग्ने पर्यटकहरुको संख्यामा आशातित प्रगति देखिएको छ । उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरले रानीमहललाई राम्दीदेखी अर्गली सम्मको सडक यातायातसँग जोडेसँगै यहाँ पुग्ने पर्यटकहरुको संख्यामा वृद्धि भएको छ । अहिले सहज यातायातको ब्यवस्था भएको छ । सडक सुधार भएको छ । खान तथा बास बस्नका लागी ठुलासाना प्रसस्त होटेलहरु खुलेका छन । कालीगण्डकी नदिमा मोटरेबल पुल बनेसङ्गै सडक संजालले स्याङ्जा र पाल्पालाई जोडेको छ ।

गण्डकी तटमा देखिएको रानिमहल

प्रेम दिवसको अवसरमा रानिमहल दरबारलाई साक्षी राखेर प्रतिक्षा गर्नेहरुको भीड लाग्ने गर्दछ । दरबारको भित्तामा आफ्नो नाम लेखियो भने आफ्नो प्रेम अजर अमर रहने जन विश्वास छ । त्यसैले होला भित्तामा आफ्नो नाम लेख्नेहरुको निकै होडबाजी पनि गर्थे । अहिले भने तानसेन नगरपालिकाले संरक्षण गरेको छ । अहिले भित्तामा नामलेख्न भने पाइदैन ।

रानीमहल दरबार अहिले संग्रहालयको रुपमा बिकसित भएको छ । गएको माघ १ गतेबाट संग्रहालय अनुगमनका लागी खुला सर्बसाधारण लाई खुला गरिएको छ । दरबारमा राजा रानीको तस्बिर सङ्गै सेल्फी खिच्ने स्थान बनाइएको छ। हेर्दा चिटिक्क सिगारिएको छ अहिले ।

ऐतिहासिक पुरातत्त्व संग जोडिएका दरबारका केही  सामाग्रीहरु ल्याई दरबारलाई संग्रहालय बनाइएको छ । पहिलो चरणमा दरबारको सरसफाई, दरबारमा पुरातन शैलिका बत्ती, पानीको फोहरा, खानेपानीको ब्यवस्था, भत्केका स्थानको मर्मतसम्हार, दर्शकलाई ईन्टरनेट, आकर्षक फुल सहित बगैचा, संकेत दिने बोर्ड लगायत ब्यवस्थापन भएको छ ।

हराएका पुरातात्विक सामाग्रीहरु १ सय ६६ थान फिर्ता ल्याई संग्रहालयमा राखिएको छ। संग्रहालयमा खड्ग शम्सेरले प्रयोग गरेका भाडा, मुर्ति, शंख, शालिग्राम आदी राखिएको छ । त्यस्तै पर्यटकलाई खड्ग शम्सेर र रानी तेजकुमारीको फोटोसंग सोल्फी खिच्ने ब्यबस्था मिलाईएको छ । दरबार परिसरमा जोडिएको बत्तिले रातिमा निकै आकर्षक देखिन्छ ।

नेपालको ताजमहल भनेर चिनिने पाल्पाको रानीमहललाई प्रेम गर्नेहरुलाई औधी मन पराउँछन् । साँचो र दीगो प्रेमको कामना गर्दै युवायुवती यहाँ पुग्ने गर्छन् । धार्मिक र प्रर्यटकीय रुपले अति महत्वपूर्ण कालीगण्डकी नदिको उत्तरबाहिनी क्षेत्र रानीमहलको प्रचारप्रसार र दीर्घकालीन योजना बनाई बिकास निर्माण गर्न सके यहाँका समुदायको आर्थिक स्तर वृद्धि गर्ने प्रसस्त संभावना रहेको छ । 

bhabindra gautam

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago