अन्तर बिद्यालय नृत्य प्रतियोगिता आयोजना हुदै !

राज भट्टराई, काठमाडौ: प्राइमरी कक्षाका बिद्यार्थिहरुको सहभागिता बढाउने उदेस्यले पौष २ गते अन्तरविद्यालय नृत्य प्रतियोगिता १४ बिद्यालयलाई सहभागि गराउँदै पिक प्वाइट पब्लिक स्कुल कपन काठमाडौले आयोजना गर्ने भएको छ।

बिगत समयमा भइराखेका प्रतियोगिता हरुमा बिद्यालय स्तरिय कार्यक्रममा निम्न माध्यमिक तथा माध्यमिक विद्यालय का विद्यार्थी हरुको सहभागिता हुदा साना विद्यार्थीहरु सहभागिता मा मात्र सिमित भएकोले साना बिद्यार्थीहरु लाई प्रतिस्पर्धा मा प्रोत्साहन गर्ने गरि SAAT अन्तरगतका विद्यालयका विद्यार्थीहरुको सहभागिता मुलक नृत्य कार्यक्रम हुने छ। यस प्रतियोगिता कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुको सहभागिता रहने छ।

काठमाडौको उत्तरिक्षेत्रलाई समेटेर यसरी विभिन्न कार्यक्रम गर्दैगरेको SAAT ले यो कार्यक्रमले विद्यार्थीहरुलाई आत्मबिश्वास बढाउँदै प्रतिस्पर्धाको भाबना अभिवृद्धि गर्नेकुरा जानाकारी गराउँदै यो कार्यक्रमको उदेस्यमाथि SAAT का अध्यक्ष विनय श्रेष्ठले जनाएका छन् ।

यसरी संचालन हुने कार्यक्रममा सहभागी विद्यालय हरुमा क्रमश: पिक पोइन्ट एकेडेमी , पिक पोइन्ट पब्लिक स्कुल , ब्रेन ल्याण्ड एकेडेमी, सामतेन मेमोरियल एजुकेसन एकेडेमि, गोल्डेन गार्डेन इन्टरनेसनल एकेडेमी, युनिभर्सल हाइएर सेकेन्डरी स्कुल, विनायक सेकेन्डरी स्कुल, साइपल एकेडेमी, NOB स्कुल, सेन्ट जर्ज इन्टरनेसनल स्कुल, सेन्ट जोनस् स्कुल, ब्रुकलिन स्कुल, सिरिष्टी स्कुल को साथै अमरदिप सेकेन्डरी स्कुल रहेका छन्।

Kamal Panthi

Share
Published by
Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago