गठबन्धनलाई जिताउन मेचीनगरको सिंगो समृद्धि टोल

मेचीनगर । झापा क्षेत्र नं. १ का उम्मेद्वार तथा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यो क्षेत्रले समग्र देशको नेतृत्व गर्ने बताएका छन् ।

लोकतान्त्रिक बाम गठबन्धन झापा क्षेत्र नं. १ को आइतबार मेचीनगर–२ मा सम्पन्न टोल पैदलयात्राका क्रममा साझा उम्मेद्वार शर्माले राष्ट्रियव्यापी रुपमा गठबन्धनले जनताको जीवनयापन सहज बनाउन नेतृत्वदायी भूमिका खेल्ने बताए ।  ‘हामी तपाईंहरुमाझ भोट माग्दै आएका छौँ,’ शर्माले भने, ‘तपाईंहरुले दिनु भएको एकमत पनि खेर नजानेगरी काम गरेर देखाउनेछौँ ।

उनले गठबन्धन दलहरु ऊर्जा, एकता र जाँगरका साथ चुनावमा होमिएको बताए । ‘काँग्रेस, माओवादी केन्द्र र समाजवादी पार्टीबीचको एकतालाई बिथोल्ने प्रयास भइरहेको छ,’ उनले भने, ‘हामीबीचको एकता नै जितको सुनिश्चितता हो ।’ शर्माले झापा क्षेत्र नं. १ सहित समग्र राष्ट्रको विकासमा गठबन्धन दलहरु एकढिक्का भएर अघि बढ्ने बताए । ‘यो क्षेत्रको विकासलाई मैले गम्भीररुपमा लिएको छु,’ उनले भने, ‘सीमा क्षेत्रको व्यवस्थापनदेखि जनताको जीवनयापन सहज बनाउन मेरो टिम लागि पर्नेछ ।’

उम्मेद्वार टोल पैदलयात्राका क्रममा मेचीनगर–२ स्थित समृद्धि टोलका बासिन्दा नेपाली काँग्रेस पार्टी प्रवेश गरेका छन् । स्थानीय लोकेन्द्र लिङ्मेन, सोमकुमार राना, सीमा तामाङ, घनश्याम सारुसहित एकसय जना गठबन्धनलाई जिताउन भन्दै काँग्रेस पार्टीमा प्रवेश गरेका हुन् ।
टोल पैदलयात्रामा प्रदेश (१) का उम्मेद्वार गोपाल तामाङ, समानुपातिक उम्मेद्वार बालाजित राई, नेपाली काँग्रेस प्रदेश नं. १ का सभापति उद्धव थापा, झापाका कार्यवाहक सभापति केशवराज पाण्डेलगायत नेताहरु सहभागी थिए ।

यस्तै, गठबन्धन दलबाट प्रदेश (२) का साझा उम्मेद्वार श्यामविर लिम्बूले मतदातासँगको भेटघाटलाई तीब्र पारेका छन् । जनताले रुचाइएका उम्मेद्वारसमेत रहेका लिम्बू उत्साही भएर मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहेका छन् ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago