गठबन्धनलाई जिताउन मेचीनगरको सिंगो समृद्धि टोल

मेचीनगर । झापा क्षेत्र नं. १ का उम्मेद्वार तथा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यो क्षेत्रले समग्र देशको नेतृत्व गर्ने बताएका छन् ।

लोकतान्त्रिक बाम गठबन्धन झापा क्षेत्र नं. १ को आइतबार मेचीनगर–२ मा सम्पन्न टोल पैदलयात्राका क्रममा साझा उम्मेद्वार शर्माले राष्ट्रियव्यापी रुपमा गठबन्धनले जनताको जीवनयापन सहज बनाउन नेतृत्वदायी भूमिका खेल्ने बताए ।  ‘हामी तपाईंहरुमाझ भोट माग्दै आएका छौँ,’ शर्माले भने, ‘तपाईंहरुले दिनु भएको एकमत पनि खेर नजानेगरी काम गरेर देखाउनेछौँ ।

उनले गठबन्धन दलहरु ऊर्जा, एकता र जाँगरका साथ चुनावमा होमिएको बताए । ‘काँग्रेस, माओवादी केन्द्र र समाजवादी पार्टीबीचको एकतालाई बिथोल्ने प्रयास भइरहेको छ,’ उनले भने, ‘हामीबीचको एकता नै जितको सुनिश्चितता हो ।’ शर्माले झापा क्षेत्र नं. १ सहित समग्र राष्ट्रको विकासमा गठबन्धन दलहरु एकढिक्का भएर अघि बढ्ने बताए । ‘यो क्षेत्रको विकासलाई मैले गम्भीररुपमा लिएको छु,’ उनले भने, ‘सीमा क्षेत्रको व्यवस्थापनदेखि जनताको जीवनयापन सहज बनाउन मेरो टिम लागि पर्नेछ ।’

उम्मेद्वार टोल पैदलयात्राका क्रममा मेचीनगर–२ स्थित समृद्धि टोलका बासिन्दा नेपाली काँग्रेस पार्टी प्रवेश गरेका छन् । स्थानीय लोकेन्द्र लिङ्मेन, सोमकुमार राना, सीमा तामाङ, घनश्याम सारुसहित एकसय जना गठबन्धनलाई जिताउन भन्दै काँग्रेस पार्टीमा प्रवेश गरेका हुन् ।
टोल पैदलयात्रामा प्रदेश (१) का उम्मेद्वार गोपाल तामाङ, समानुपातिक उम्मेद्वार बालाजित राई, नेपाली काँग्रेस प्रदेश नं. १ का सभापति उद्धव थापा, झापाका कार्यवाहक सभापति केशवराज पाण्डेलगायत नेताहरु सहभागी थिए ।

यस्तै, गठबन्धन दलबाट प्रदेश (२) का साझा उम्मेद्वार श्यामविर लिम्बूले मतदातासँगको भेटघाटलाई तीब्र पारेका छन् । जनताले रुचाइएका उम्मेद्वारसमेत रहेका लिम्बू उत्साही भएर मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहेका छन् ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago