आज विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस :- नेपालमा पनि मनाइँदै ।

काठमाडाैँ- आज विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस। नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरेर याे दिवस मनाइँदैछ।

फाइल फोटो

विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका अवसरमा विभिन्न सचेतनामूलक र प्रकोप नियन्त्रणका लागि चाल्नुपर्ने कदमका बारेमा आम सर्वसाधारणलाई सचेतना अभियान सञ्चालन गरी सम्बन्धित विभिन्न संघसंस्थाले जानकारी गराउने कार्यक्रहरू रहेका छन्।

पृथ्वीका हरेक कुना अनि समग्र भूगोल नै विभिन्न प्राकृतिक प्रकोपहरूको संभाव्य जोखिममा रहेको छ। अझ मानवीय क्रियाकलाप, प्राकृतिक सम्पदाको अविवेकी प्रयोग, जलवायू परिवर्तन आदिले त झन् प्राकृतिक प्रकोपको जोखिम बढाएको छ। हरेक वर्ष विश्व समूदायले अक्टोबर महिनाको १३ तारिखमा विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका रूपमा मनाउने गर्दछ। विभिन्न कार्यक्रम, सभासम्मेलन, गोष्ठी इत्यादिले जनजागरण फैलाउने अनि हानी न्यूनीकरणका लागि यस दिवसको महत्त्व धेरै छ।

सन् १९८९ को राष्ट्रसंघको साधारणसभाले प्राकृतिक विपत्तिविरुद्ध पूर्वतयारी र जागरणको अभिबृद्धिकालागि यस दिवसको सुरुवात गरिएको हो र आज पनि यस दिनमा विभिन्न सञ्चारमाध्यमहरूले विश्वभर यस विषयमा प्रभावकारी ज्ञान, सीप र धारणाको प्रवाह गर्दछन्।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago