नवौँ राष्ट्रिय खेलकुदमा सुरक्षा प्रबन्धलाई विशेष महत्त्वका साथ व्यवस्थापन गरिँदै

पोखरा । गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको नवौँ राष्ट्रिय खेलकुदमा सुरक्षा प्रबन्धलाई विशेष महत्त्वका साथ व्यवस्थापन गरिएको छ । खेलकुद प्रतियोगितालाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने गरी सुरक्षा कार्ययोजना बनाइएको छ ।

फाइल फोटो

खेलाडी, दर्शक र पाहुनाले सुरक्षाको पूर्ण अनुभूति गर्ने गरी सुरक्षालाई ध्यान दिइएको छ । शुक्रबारदेखि कात्तिक ३ गतेसम्म मुख्य गरी पोखराकेन्द्रित भएर गण्डकीका आठ जिल्लामा हुने प्रतियोगितामा आठ हजार हाराहारी खेलाडी, प्रशिक्षक र अफिसियल गरी १० हजार हाराहारीमा सहभागिता हुने भएपछि सुरक्षालाई चुस्त बनाउन यथेष्ट मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सुरक्षार्थ खटिने प्रहरी कर्मचारीलाई त्रुटिरहित ढंगले खेलको सुरक्षार्थ खटिन र सम्भावित दुर्घटना तथा सुरक्षा चुनौतीलाई मध्यनजर गरी समयमै खबर गराउन निर्देशन समेत गरिएको प्रहरीले जनाएको छ ।

सबै खेलस्थल, उद्घाटन तथा समापन समारोह, रंगशालाको प्रवेशद्वार, खेलाडी बास बसेको होटेललगायत स्थलमा विशेष उपकरणसहितका सुरक्षाकर्मी परिचालन गर्ने गरी संयुक्त सुरक्षा योजनाअनुसार सुरक्षा प्रबन्ध मिलाइएको नवौँँ राष्ट्रिय खेलकुद सुरक्षा उपसमितिका संयोजक समेत रहेका गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रामदत्त जोशीले बताए ।

प्रतियोगितामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानसहित नेपाली सेनाले समेत सुरक्षा दिनेछन् । खेलस्थल र रंगशालामा जनपथ र सशस्त्र प्रहरी सँगसँगै परिचालित हुनेछ भने सेनाले अतिविशिष्ट व्यक्तिको सवारीमा सुरक्षा प्रबन्ध गर्नेछ । प्रहरी प्रमुख जोशीका अनुसार प्रतियोगिताको उद्घाटनदेखि समापन समारोहसम्मका सात दिन प्रतियोगिता हुने आठ जिल्लामा दैनिक एक हजार १०० जनपथ प्रहरी र २०० सशस्त्र गरी एक हजार ३०० प्रहरी परिचालन हुनेछन् । यसबाहेक आवश्यकताअनुसार थप प्रहरी परिचालन गर्ने गरी सुरक्षा प्रबन्ध मिलाइएको छ ।

यसैगरी, जिल्ला प्रहरी कार्यालयमा २५ जनाको टोली ‘स्ट्यान्ड बाई’ तैनाथीमा रहने र थप मद्दत परेको खण्डमा तुरुन्त परिचालित हुने व्यवस्था गरिएको छ । “राष्ट्रिय खेलकुदको सुरक्षामा कुनै कमी नरहने गरी संयुक्त सुरक्षा योजना तयार पारेर कार्यान्वयन गरेका छौँ,” गण्डकी प्रदेश प्रहरी प्रमुख जोशीले भने, “खेलस्थलको र रंगशालाको सुरक्षा, भीभीआईपी सवारी, ट्राफिक व्यवस्थापनलगायतलाई ध्यान दिएर सुरक्षा प्रदान गर्नेछौँ ।”

प्रहरीले ठाउँठाउँमा मेटल डिटेक्टर, सादा पोसाकमा समेत सुरक्षाकर्मी परिचालन गरिने जनाएको छ ।

पोखराबाहेक अन्यत्र खेल हुने बाहिरी जिल्लामा समेत जिल्ला सुरक्षा समितिबाट निर्णय गरेर एउटा संयुक्त सुरक्षा योजना तयार भएकाले सोहीअनुसार सुरक्षा व्यवस्था गरिने जनाइएको छ ।

राष्ट्रिय खेलकुदका लागि आम नागरिकको समर्थन रहेकाले कुनै ‘सुरक्षा थ्रेट’ भने नरहेको आकलन प्रहरीको छ । “औपचारिक उद्घाटनअघि नै केही खेल अहिले चलिरहेको छ । हरेक खेल भइरहेको ठाउँमा नेपाल प्रहरीको उपस्थिति छ । अफिसरको कमान्डमा रहने सुरक्षा टोलीले खेलस्थलमा सुरक्षा दिएको छ,” उनले भने ।

नवौँ राष्ट्रिय खेलकुदको सुरक्षाका लागि गठित उपसमितिमा प्रहरी प्रमुख जोशीसहित सशस्त्र प्रहरीका एसएसपी, जिल्ला प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रहरी उपरीक्षक, नेपाली सेनाका कर्णेल, महानगरका सुरक्षा महाशाखा प्रमुख, खेलकुदका पदाधिकारी रहेका छन् ।

नवौँको समग्र सुरक्षा कमान्ड प्रदेश प्रहरी प्रमुख जोशीले गर्ने भए पनि फिल्डमा खटिएर हेर्न र समन्वयका लागि प्रहरी वरिष्ठ उपरीक्षक डिल्लीराज पन्त तोकिएका छन् । उनले नै अरू सुरक्षा निकायसँग समन्वय र रिपोर्टिङ गर्नेछन् ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख एवं सुरक्षा उपसमितिका सचिव लक्ष्मण योगीले सुरक्षाका लागि रंगशाला र अरू खेलस्थलको प्रवेशद्वारमा सीसीटीभी जडान गरिएको बताए । राष्ट्रिय खेलकुद परिषद्बाट निजी सुरक्षा गार्ड, स्वयमंसेवक परिचालन गरिएको उनले जानकारी दिए ।

Bishawas Acharya

Recent Posts

हार्दिक आईभिएफले प्राप्त गर्‍यो ISO प्रमाणपत्र : अब नेपालमै विश्वस्तरीय फर्टिलिटी सेवा

काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…

55 years ago

बिस्केट जात्राले भक्तपुरमा नयाँ वर्षको रौनक थप्यो 

८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…

55 years ago

टोकियो विश्वविद्यालयले सन् २०२७ देखि नयाँ विभाग सुरु गर्दै, जसअन्तर्गत सबै कक्षाहरू अङ्ग्रेजी भाषामा संचालन गरिनेछ

काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…

55 years ago

झापा बिर्तामोडका डा. सुमन खरेल प्रगतिशील प्राध्यापक संगठनको महासचिव पदका उम्मेदवार

बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…

55 years ago

रवि लामिछाने पक्राउ

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…

55 years ago

आन्तरिक र बाह्य दबाबमा महानगर प्रमुख बालेन्द्र साह

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…

55 years ago