नुवाकोटमा ६३ जनाको उम्मेदवार

काठमाडौं आगामी मङ्सिर ४ गते हुने  प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नुवाकोटको दुई क्षेत्र रहेको नुवाकोटमा ६३ जनाको उम्मेदवारी कायम भएको छ । प्रतिनिधिसभातर्फ २८ र प्रदेशसभातर्फ ३५  उम्मेदवार कायम भएका छन् ।

फाइल फोटो
गत असोज २३ गते मनोनयन दर्ता गराएकामध्ये बुधबार तीनजनाले उम्मेदवारी फिर्ता लिएका छन् । मनोनयन दर्ता गराएका ६६ जनामध्ये ६३ जनाको उम्मेदवारी कायम रहेको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए । उनका अनुसार प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चार गरेर कूल छ पदका लागि ६३ उम्मेदवारको चुनाव चिह्न मतपत्रमा कायम हुनेछ ।
क्षेत्र नं १ का निर्वाचन अधिकृत टेकराज भुसालका अनुसार प्रतिनिधिसभातर्फ निर्वाचन क्षेत्र नं १ मा मनोनयनदर्ता गराएका स्वतन्त्र उम्मेदवार सरोज गिरी र क्षेत्र नं १ प्रदेशसभा ‘ख’ तर्फ स्वतन्त्र उम्मेदवारी दिनुभएका नरहरि भेटुवालले फिर्ता लिनुभएको छ । क्षेत्र नं २ को प्रदेशसभा ‘ख’तर्फ नेकपा ९माओवादी केन्द्रबाट मनोनयन दिनुभएका राममाया बोगटीले उम्मेदवारी फिर्ता लिएका छन्। 

गठबन्धनको बागी उम्मेदवार कायमै 

आगामी निर्वाचनका लागि सत्तारुढ दलहरुबीच गठबन्धन गरेर उम्मेदवारी दिने निर्णय भए पनि नुवाकोटमा त्यसको अवज्ञा भएको छ । गठबन्धनको निर्णयअनुसार नुवाकोटको क्षेत्र नं १ को प्रदेशसभा ‘क’मा माओवादी केन्द्रले राधिका तामाङलाई उठाएको भए पनि नेकपा (एकीकृत समाजवादी)ले उठाएका उम्मेदवार राजेश थापाको उम्मेदवारी कायमै छ ।

यस्तै, क्षेत्र नं २ को प्रदेशसभा ‘क’मा गठबन्धनको निर्णयअनुसार माओवादी केन्द्रको भागमा परेकाले उक्त पार्टीले रामप्रसाद ढुङ्गानालाई उम्मेदवार बनाएको छ । उक्त क्षेत्रमा पनि नेकपा एकीकृत समाजवादीले राजेन्द्रप्रकाश लोहनी र नेपाली कांग्रेसकी गीता अमात्यको उम्मेदवारी कायमै छ ।

यस्तै, प्रदेशसभा ‘ख’मा गठबन्धनको निर्णयअनुसार कांग्रेस उम्मेदवार बहादुरसिंह लामा (तामाङ)लाई उठाइएको छ । उक्त क्षेत्रमा कांग्रेस महाधिवेशन प्रतिनिधि तथा तरुण दल नुवाकोटका अध्यक्ष सिंहराज तामाङले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन्। उनको उम्मेदवारी कायमै छ ।


Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago