नुवाकोटमा ६३ जनाको उम्मेदवार

काठमाडौं आगामी मङ्सिर ४ गते हुने  प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नुवाकोटको दुई क्षेत्र रहेको नुवाकोटमा ६३ जनाको उम्मेदवारी कायम भएको छ । प्रतिनिधिसभातर्फ २८ र प्रदेशसभातर्फ ३५  उम्मेदवार कायम भएका छन् ।

फाइल फोटो
गत असोज २३ गते मनोनयन दर्ता गराएकामध्ये बुधबार तीनजनाले उम्मेदवारी फिर्ता लिएका छन् । मनोनयन दर्ता गराएका ६६ जनामध्ये ६३ जनाको उम्मेदवारी कायम रहेको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए । उनका अनुसार प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चार गरेर कूल छ पदका लागि ६३ उम्मेदवारको चुनाव चिह्न मतपत्रमा कायम हुनेछ ।
क्षेत्र नं १ का निर्वाचन अधिकृत टेकराज भुसालका अनुसार प्रतिनिधिसभातर्फ निर्वाचन क्षेत्र नं १ मा मनोनयनदर्ता गराएका स्वतन्त्र उम्मेदवार सरोज गिरी र क्षेत्र नं १ प्रदेशसभा ‘ख’ तर्फ स्वतन्त्र उम्मेदवारी दिनुभएका नरहरि भेटुवालले फिर्ता लिनुभएको छ । क्षेत्र नं २ को प्रदेशसभा ‘ख’तर्फ नेकपा ९माओवादी केन्द्रबाट मनोनयन दिनुभएका राममाया बोगटीले उम्मेदवारी फिर्ता लिएका छन्। 

गठबन्धनको बागी उम्मेदवार कायमै 

आगामी निर्वाचनका लागि सत्तारुढ दलहरुबीच गठबन्धन गरेर उम्मेदवारी दिने निर्णय भए पनि नुवाकोटमा त्यसको अवज्ञा भएको छ । गठबन्धनको निर्णयअनुसार नुवाकोटको क्षेत्र नं १ को प्रदेशसभा ‘क’मा माओवादी केन्द्रले राधिका तामाङलाई उठाएको भए पनि नेकपा (एकीकृत समाजवादी)ले उठाएका उम्मेदवार राजेश थापाको उम्मेदवारी कायमै छ ।

यस्तै, क्षेत्र नं २ को प्रदेशसभा ‘क’मा गठबन्धनको निर्णयअनुसार माओवादी केन्द्रको भागमा परेकाले उक्त पार्टीले रामप्रसाद ढुङ्गानालाई उम्मेदवार बनाएको छ । उक्त क्षेत्रमा पनि नेकपा एकीकृत समाजवादीले राजेन्द्रप्रकाश लोहनी र नेपाली कांग्रेसकी गीता अमात्यको उम्मेदवारी कायमै छ ।

यस्तै, प्रदेशसभा ‘ख’मा गठबन्धनको निर्णयअनुसार कांग्रेस उम्मेदवार बहादुरसिंह लामा (तामाङ)लाई उठाइएको छ । उक्त क्षेत्रमा कांग्रेस महाधिवेशन प्रतिनिधि तथा तरुण दल नुवाकोटका अध्यक्ष सिंहराज तामाङले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन्। उनको उम्मेदवारी कायमै छ ।


Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago