सुरेन्द्र चौहान, काठमाडौं: रियालिटी सोको झझल्को मेटाउने गरि असार ८ गते देखि सुरुभएको “भ्वाइस अफ स्याट” को विशेष कार्यक्रममा १६ विद्यालयका २० प्रतियोगी छानी आज श्रावण २८गते ब्रेन ल्याण्ड एकेडिमीको हलमा सु-सम्पन्न भएको छ।
उपत्यका निजी विद्यालयहरुको छाता सङ्गठन स्कुलस अलाइन्स फर एकेडेमिक टान्सफरमेसन (स्याट) को “भ्वाइस अफ स्याट” फाइनल प्रतियोगिता भने भाद्र १८ गते सदस्य विद्यालय पिक पोइन्ट एकेडेमीको हलमा गरिने छ।
स्याटले विद्याथीहरुको क्षमताको पहिचान गर्दै विभिन्न विधामा अभिमुखीकरण कार्यक्रमदेखि प्रतियोगिताको आयोजना गर्दै आएको छ । विशेष गरी फुटसल, डान्स, बास्केटबल, हाजिरी जवाफ प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, विद्यार्थी करिअर काउन्सिल लगायतको विधामा कार्यक्रमको आयोजना गर्दै आएको छ । काठमाडौँको उत्तरी पूर्वी भेगमा रहेका विद्यालयहरू बिच मिलेर बनेको छाता सङ्गठन अन्य छाता सङ्गठनभन्दा सानो भएता पनि विद्यार्थीहरूको प्रतिभा उजागर गर्नेमा भने पहिलो नै छ ।
भ्वाइस अफ स्याटको अडिसन असार ८ देखि तिन दिनसम्म अत्यन्तै उत्साह पूर्वक बिभिन्न विद्यालयमा भएको थियो ।
चुनिखेल स्थित पिक प्वाइन्टको हलमा गरिने ग्राण्ड फिनालेमा राष्ट्रिय स्तरका गायक, सङ्गीतकारले निर्णायकको भूमिका निर्वाह गर्नेछन् । फाइनलिष्ट हुनेहरूलाई स्पेसल ट्रेनिङ्गको समेत व्यवस्था रहेको जनाइएको छ ।
१६ विद्यालयहरूले भ्वाइस अफ स्याटमा सहभागीता जनाएको यस कार्यक्रममा पाँचौँ स्थानसम्म हासिल गर्ने प्रतिस्पर्धीहरूलाई पुरस्कृत गरिनेछ । ट्रफी, मेडल र प्रमाण–पत्र द्वारा पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको गुणस्तर, सहभागी हुने विद्यालय तथा प्रतियोगिहरुको चासोलाई मध्यनजर गर्ने हो भने ‘भ्वाइस अफ स्याट’को पहिलो संस्करण विद्यालय स्तरमा खोजिने र यो कार्यक्रमको प्रमुख प्रायोजन भने मनास्लु वल्ड कलेज (Manaslu world College) ले गर्नेकुरा स्याटले जनाएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…