“भ्वाइस अफ स्याट” को बिशेष कार्यक्रम सु-सम्पन्न

सुरेन्द्र चौहान, काठमाडौं: रियालिटी सोको झझल्को मेटाउने गरि असार ८ गते देखि सुरुभएको “भ्वाइस अफ स्याट” को विशेष कार्यक्रममा १६ विद्यालयका २० प्रतियोगी छानी आज श्रावण २८गते ब्रेन ल्याण्ड एकेडिमीको हलमा सु-सम्पन्न भएको छ।

उपत्यका निजी विद्यालयहरुको छाता सङ्गठन स्कुलस अलाइन्स फर एकेडेमिक टान्सफरमेसन (स्याट) को “भ्वाइस अफ स्याट” फाइनल प्रतियोगिता भने भाद्र १८ गते सदस्य विद्यालय पिक पोइन्ट एकेडेमीको हलमा गरिने छ।

स्याटले विद्याथीहरुको क्षमताको पहिचान गर्दै विभिन्न विधामा अभिमुखीकरण कार्यक्रमदेखि प्रतियोगिताको आयोजना गर्दै आएको छ । विशेष गरी फुटसल, डान्स, बास्केटबल, हाजिरी जवाफ प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, विद्यार्थी करिअर काउन्सिल लगायतको विधामा कार्यक्रमको आयोजना गर्दै आएको छ । काठमाडौँको उत्तरी पूर्वी भेगमा रहेका विद्यालयहरू बिच मिलेर बनेको छाता सङ्गठन अन्य छाता सङ्गठनभन्दा सानो भएता पनि विद्यार्थीहरूको प्रतिभा उजागर गर्नेमा भने पहिलो नै छ ।

भ्वाइस अफ स्याटको अडिसन असार ८ देखि तिन दिनसम्म अत्यन्तै उत्साह पूर्वक बिभिन्न विद्यालयमा भएको थियो ।
चुनिखेल स्थित पिक प्वाइन्टको हलमा गरिने ग्राण्ड फिनालेमा राष्ट्रिय स्तरका गायक, सङ्गीतकारले निर्णायकको भूमिका निर्वाह गर्नेछन् । फाइनलिष्ट हुनेहरूलाई स्पेसल ट्रेनिङ्गको समेत व्यवस्था रहेको जनाइएको छ ।

१६ विद्यालयहरूले भ्वाइस अफ स्याटमा सहभागीता जनाएको यस कार्यक्रममा पाँचौँ स्थानसम्म हासिल गर्ने प्रतिस्पर्धीहरूलाई पुरस्कृत गरिनेछ । ट्रफी, मेडल र प्रमाण–पत्र द्वारा पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको गुणस्तर, सहभागी हुने विद्यालय तथा प्रतियोगिहरुको चासोलाई मध्यनजर गर्ने हो भने ‘भ्वाइस अफ स्याट’को पहिलो संस्करण विद्यालय स्तरमा खोजिने र यो कार्यक्रमको प्रमुख प्रायोजन भने मनास्लु वल्ड कलेज (Manaslu world College) ले गर्नेकुरा स्याटले जनाएको छ ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago