भृकुटीमण्डपको कृत्रिम मानव अङ्ग राखिएको गोदाममा आगलागी, पाँच घण्टामा नियन्त्रण

काठमाडौँ: काठमाडौँ महानगरपालिका-२९ भृकुटीमण्डपस्थित समाजकल्याण परिषद्को गोदाम घर र राष्ट्रिय अपाङ्ग कोषको कृत्रिम मानव अङ्ग राखिएको गोदाम घरमा आज भएको आगलागी पाँच घण्टामा नियन्त्रणमा आएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार अपराह्न २ः३० बजेको समयमा लागेको आगो साँझ ७ः१५ बजे पूर्ण नियन्त्रणमा लिइएको हो । आगलागी नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाबाट (जुद्ध बारुणयन्त्र) को एक, बौद्ध रामहिटीको एक, ललितपुर महानगरपालिकाको एक, भक्तपुर नगरपालिकाको एक, नेपाली सेनाको दुई, त्रिभुवन विमानस्थलको एक र नेपाल प्रहरीको वाटर क्याननसहित आठ वटा दमकल र ३० पानी ट्याङ्करको प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

आगलागी नियन्त्रणमा जिल्ला प्रहरी परिसर काठमाडाैँका प्रहरी वरिष्ठ उपरीक्षकसहित सिंहदरबार, मालीगाउँ, नगर प्रहरी, ट्राफिक प्रहरी, विपद् व्यवस्थापन महाशाखाको टोलीसहित १२० प्रहरी परिचालन भएका थिए । यस्तै नेपाली सेनाबाट करिब १०० जना, सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन गण र सशस्त्र प्रहरी गुल्म बाघ भैरवबाट करिब ६० सुरक्षाकर्मीसमेत परिचालित भएको जनाइएको छ । काठमाडौँ महानगरपालिकाबाट ३० नगर प्रहरी परिचालित भएका थिए ।

उक्त आगलागीबाट कुनै पनि मानवीय क्षति नभएको र करोडौँको भौतिक सम्पत्ति क्षति भएको प्रारम्भिक जानकारी प्राप्त भए पनि यकीन विवरण आइसकेको छैन । आगलागीका कारणसमेत नखुलेकाले अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिए ।

Kamal Panthi

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago