राजनीतिक दलको सदस्य हुने भन्‍ने कल्पनै गर्न नसक्ने कुरा-गभर्नर

काठमाडौँ- राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफू कुनै पनि राजनीतिक दलको सदस्य नरहेको बताएका छन् । नेकपा एमाले अर्थ तथा योजना विभागमा एम अधिकारी (खोटाङ) को नाम सार्वजनिक भएपछि गभर्नर अधिकारीको नाम जोडेर वाद विवाद भइरहेको छ । ‘स्पष्टै छ म कहीं कतै कुनै पार्टीको सदस्यता लिएको छैन, मेरो नाम उहाँहरु (पार्टी) ले कसरी राख्नुभयो, त्यसमा स्पष्ट पार्न भनेको छु,’ गभर्नर अधिकारीले बुधबार साँझ इकागजसँग भने, ‘उहाँहरुले दिनु पनि भएको छ, मैले बाहिर सार्वजनिक नगरेको मात्रै हो ।’

आफू कुनै पनि पार्टीको सदस्य हुने कुरै नभएको उल्लेख गर्दै गभर्नर अधिकारीले भने, ‘यस्तो पद (राष्ट्र बैंक गभर्नर) मा बसेको व्यक्तिले पार्टीको समितिमा बस्‍ने कुरा पनि हुन्छ र ?’

बेला बेला यस्ता विषय बाहिर आइरहे पनि आफूलाई कुनै सरोकार नभएको पनि गभर्नर अधिकारीले बताए । ‘यसभन्दा अघि पनि यस्तै कुरा उठेको थियो, त्यसैगरी उहाँहरुलाई कम्प्लेन (गुनासो) गरी के हो यो ? के गर्न लागेको ? म यो पार्टीमा छैन भनेको थिएँ । त्यतिबेला पनि उहाँहरुले तपाईं होइन भनेर क्लियरेन्स दिनुभएको थियो ।’

उनले आफू कुनै पनि राजनीतिक दलको सदस्य हुने भन्‍ने कल्पनै गर्न नसक्ने कुरा भएको पनि उल्लेख गरे ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago