काठमाडौँ- राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफू कुनै पनि राजनीतिक दलको सदस्य नरहेको बताएका छन् । नेकपा एमाले अर्थ तथा योजना विभागमा एम अधिकारी (खोटाङ) को नाम सार्वजनिक भएपछि गभर्नर अधिकारीको नाम जोडेर वाद विवाद भइरहेको छ । ‘स्पष्टै छ म कहीं कतै कुनै पार्टीको सदस्यता लिएको छैन, मेरो नाम उहाँहरु (पार्टी) ले कसरी राख्नुभयो, त्यसमा स्पष्ट पार्न भनेको छु,’ गभर्नर अधिकारीले बुधबार साँझ इकागजसँग भने, ‘उहाँहरुले दिनु पनि भएको छ, मैले बाहिर सार्वजनिक नगरेको मात्रै हो ।’
आफू कुनै पनि पार्टीको सदस्य हुने कुरै नभएको उल्लेख गर्दै गभर्नर अधिकारीले भने, ‘यस्तो पद (राष्ट्र बैंक गभर्नर) मा बसेको व्यक्तिले पार्टीको समितिमा बस्ने कुरा पनि हुन्छ र ?’
बेला बेला यस्ता विषय बाहिर आइरहे पनि आफूलाई कुनै सरोकार नभएको पनि गभर्नर अधिकारीले बताए । ‘यसभन्दा अघि पनि यस्तै कुरा उठेको थियो, त्यसैगरी उहाँहरुलाई कम्प्लेन (गुनासो) गरी के हो यो ? के गर्न लागेको ? म यो पार्टीमा छैन भनेको थिएँ । त्यतिबेला पनि उहाँहरुले तपाईं होइन भनेर क्लियरेन्स दिनुभएको थियो ।’
उनले आफू कुनै पनि राजनीतिक दलको सदस्य हुने भन्ने कल्पनै गर्न नसक्ने कुरा भएको पनि उल्लेख गरे ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…